उप-प्रमुखमा कांग्रेस उम्मेदवार शान्ति कार्की विजयी
उप-प्रमुखमा कांग्रेस उम्मेदवार शान्ति कार्की विजयी
पर्सा: दुई नम्बर प्रदेशको एक मात्रै महानगरपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन्। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमका विजयकुरमाले सरावगीले जित हात पारेका छन्।
सुरुआती मत परिणाम आउँदा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले अग्रता कायम गरेकोमा नेपाली कांग्रेसका उम्मेदवारले पनि बीचतिर अग्रता कायम गरेका थिए। यो समयमा तेस्रो प्रतिस्पर्धी देखिएका सरावगी अन्तिम चरणमा आउँदा जित हात पार्न सफल भएका हुन्।
त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की विजयी भएकी छन्। आधिकारिक घोषणा हुन भने बाँकी रहेको हाम्रा पर्सा संवाददाता विन्दुभुषण शाहले जानकारी गराएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।