|

काठमाडौं : एसीसी यु-१९ युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइलनमा रोकिएको छ। साविकको विजेता भारतलाई पराजित गर्दै पहिलोपटक प्रतियोगिताको शीर्ष ४ मा स्थान बनाएको नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै फाइनल प्रवेश गर्न असफल भएको हो।

नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले २० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। सहजै विजयी लक्ष्य भेट्टाउने क्रममा रहमानुल्लाह गुर्वाजले सर्वाधिक ७१ रनको योगदान गरे। नेपालका लागि सन्दीप लामिछाने, कमलसिंह ऐरी र पवन सर्राफले १-१ विकेट लिए।

मलेसियाको किनरारा ओभलमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८ ओभरमा १०३ रन जोड्दा अलआउट भएको थियो। नेपालका लागि अनिलकुमार साहले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। अफगानिस्तानका मुजिब रहमानले सर्वाधिक ६ विकेट लिए।

जितसँगै अफगानिस्तानले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.