|
फाइल फोटो

डडेल्धुरा : प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शेरबहादुर बहादुर देउवा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी माअोवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ९२९ मत अन्तरले पराजित गरेका हुन्।

पार्टीका सभापति तथा वर्तमान प्रधानमन्त्री रहेका देउवाले २८ हजार ४४ मत ल्याए भने भट्टले २१ हजार ११५ मत पाए ।

डडेल्धुरामा देउवाले अहिले छैटौंपटक चुनाव जितेका हुन्। उनले २०४८ साल यताका सबै चुनाव जितेका छन्। उनले २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जितेका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.