|

बाग्लुङ : बाग्लुङको ताराखोला बस्तीनजिकै खरबारीबाट लागेको आगो अझै नियन्त्रणबाहिर छ। तत्काल बस्तीतर्फ जाने जोखिम भने टरेको ताराखोला गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर रोकाले जानकारी दिए।

ताराखोला गाउँपालिका– ५ औदारा भन्ने ठाउँबाट सुरु भएको आगो फैलिएर वडा नम्बर–४, मसिनाको भीरहुँदै तीनचुले सामुदायिक वन क्षेत्रमा पुगेको छ। धस्मर गाउँभन्दा माथिको जंगलमा अहिले पनि आगो दन्किएको स्थानीय मालारानी आभारभूत विद्यालयका शिक्षक कमल घर्तीले जानकारी दिए। प्रहरी भने अझै घटनास्थालमा पुगेको छैन।

अप्ठ्यारो भीरमा आगो फैलिएको र माथिबाट ढुङ्गासमेत खस्न थालेको स्थानीयले बताएका छन्। आगो नियन्त्रमा लिन स्थानीयले प्रयास गरिरहेका छन्। स्थानीय टकबहादुर बुढाथोकीले आफ्नो खबरबारीमा काँडापोल्न लगाएको आगो फैलिएर आसपासमा रहेका व्यक्तिको खरबारी हुँदै जंगलमा फैलिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.