|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतितर्फको मतगणना शनिबार सकिने भएको छ। शुक्रबार सबै मतपरिणाम आउने भनिए पनि सर्लाही, सुनसरीलगायत केही जिल्लामा मतगणना नसकिएको निर्वाचन आयोगले जनाएको छ।

शनिबार दिनभरमा मतगणना सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। पछिल्लो विवरण अनुसार नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। उसले ३१ लाख २९ हजार ३ सय ५५ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६६ हजार ८ सय ४९ मत प्राप्त गरेको छ।

नेकपा माओवादी केन्द्रले १२ लाख ७४ हजार ४ सय ५३, संघीय समाजवादी फोरम नेपालले ४ लाख ५९ हजार ४ सय ३२, राजपा नेपालले ४ लाख ४७ हजार ८ सय ३८ मत प्राप्त गरेको छ। अहिलेसम्म यी पाँचवटा दलले मात्र कुल सदर मतको ३ प्रतिशत मत सीमा (थ्रेसहोल्ड) पार गरेका छन्।

त्यस्तै विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५ सय १२ र राप्रपाले १ लाख ९३ हजार ९ सय ५५ मत प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.