मतदातालाई धन्यवाद दिन देउवा आएनन् गृहजिल्ला

|

डडेल्धुरा : निर्वाचनमा विजयी भएपछि धेरै नेताहरु गाउँ आउँदैनन् भन्ने जनताले बुझेका छन्। तर, धेरै यस्ता उम्मेदवारहरु छन् जो चुनाव हारेर पनि जनताका घरदैलोमा पुग्छन्।

चुनाव हारेर पनि मतदाताको घरदैलोमा पुग्ने उम्मेदारमा पर्दछन् खगराज भट्ट। डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भट्ट मतदातामाझ पुगेका छन्। उनी निर्वाचनमा पराजित भएपछि पनि पुनः मतदाताको गाउँघरमा पुगेका हुन्। भट्ट अहिले गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्।

वाम गठबन्धनका साझा उम्मेदवार बनेका भट्ट यसपटक पनि देउवासँग नै पराजित भए। पहिलो संविधानसभा २०६४ सालदेखि देउवासँग चुनावी प्रतिस्प्रर्धामा आएका भट्ट देउवासँग तीनपटक पराजित भएका छन्।

भट्टलाई ६ हजार ९ सय २९ मताअन्तरले पराजित गर्दै देउवा विजयी भए। प्रधानमन्त्री देउवाले २८ हजार ४४ मत पाउँदा भट्टले २१ हजार १ सय १५ मत पाए  यो चुनावमा विजयी भएसँगै देउवाले डडेल्धुराबाट छैटौंपटक चुनाव जितेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहेको भट्ट पराजय र विजय निर्वाचनका स्वभाविक परिणाम भएको बताउँछन्। ‘कुनै राजनीतिक पार्टीको र राजनीतिक नेताको जीवन जनताभन्दा बाहिर हुन सक्दैन।’ उनले भने, पराजय र विजय निर्वाचनका स्वभाविक परिणामहरु हुन्।’ यसलाई हामीले सहज रुपले ग्रहण गर्नुपर्छ।’

जनताले भोट दिए मात्रै जनताका माझजाने र नदिए नजाने भन्ने कुराले राजनीतिक व्यक्तिको अवसरवादीता बोद्ध हुने उनको बुझाइ छ। ‘जनताले भोट दिए मात्रै जनताका माझजाने र नदिए नजाने भन्ने कुराले त्यो राजनीतिक व्यक्तिको अवसरवादिता बोध हुन्छ’ भट्टले भने, यो अवसरवादी चरित्रबाट नेताहरु मुक्त हुनु पर्दछ।’

आफूले चुनाव हार्नुलाई स्वभाविकरुपमा लिएको उनी बताउँछन्। उनी भन्छन्,‘मैले चुनाव हारेको हो, योलाई म स्वभाविगरुपले लिन्छु।’ तर हारेपनि यो डडेल्धुराका २१ हजारभन्दा बढी जनताले मलाई भोट दिएका छन्।’ वामपन्थीलाई भोटदिने जनताहरु निराश नहोस् भनेर चुनाव हारेपछि पनि आफू जनातको घरदैलोमा गइरहेको उनको भनाइ छ।

‘हामीलाई भोट दिने जनता कतै निराश नहोस् भनेर म जनताका माझ गएँ’ उनले भने, अहिले वामपन्थीको देशभर विजय भएपछि केन्द्र र प्रदेश सरकारबाट तपाईँका लागि धेरै काम गर्न सकिन्छ भन्ने विश्वास दिलाउन पनि घरदैलोमा गएको हुँ।’

चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँगाउँ पुगिरहेका उनले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्ने प्रतिबद्धता जनाए। वामपन्थीलाई भोट नदिने जनतामा पनि एक प्रकारको निराशा देखेको उनले बताएका छन्।

‘मलाईलाई भोट नदिने जनताहरुमा पनि एक प्रकारको निराशा छ।’ उनले भने, ‘देशव्यापी रुपमा उनीहरुले भोट दिएको नेपाली कांग्रेस पार्टी पराजित भएको छ।’पाँच वर्षसम्म नेपाली कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ।’

भट्टले थपे, यो स्थितीमा देउवालाई जिताएर हामी पूरै विकासबाट बञ्चित हुने हौं की? हामीले चाहेको केही पनि नहुने हो कि? वामपन्थीलाई भोट नदिएको कारणले पूर्वाग्रहीरुपमा लिएर बदला लिने हुन की भन्ने भाव उनीहरुमा छ।’

हामी त्यसो गर्दैनौं, हामीलाई जिताउने र हराउनेलाई दुवैका निमित्त सरकारको मोर्चाबाट समान व्यवहार गछौं भनेर विश्वास दिलाउन पनि आफू जनातामाझ गएको उनी बताउँछन्।

मतदातालाई धन्यवाद दिन देउवा आएनन् गृहजिल्ला

डडेल्धुराबाट छौटौं पटक चुनाव जितेका प्रधानमन्त्री शेरबहादुर देउवा भने मतदाताहरुलाई धन्यवाद दिन गृहजिल्ला डडेल्धुरा आएका छैनन्। कांग्रसबाट प्रदेशसभा ‘ख’ मा विजयी कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्ल भने जनताको घरदैलोमै गएर मतदातालाई धन्यवाद दिँदै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.