|

बागलुङ : मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको काँठेखोला गाउँपालिका–६ बिहुँमा गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। ताराखोलाबाट बागलुङ बजार आउँदै गरेको ध १ ज ६५० नम्बरको पिकअप भ्यान ढुङ्गामा ठोक्किएर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।  

दुर्घटनामा ताराखोला–४ का ६७ वर्षीय देवीलाल शर्मा र ६० वर्षीय मोतिलाल घर्ती तथा ताराखोला–५ का ३० वर्षीय लालबहादुर विक घाइते भएका जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले जानकारी दिए।

घाइते दुई जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ। घाँटीमा चोट लागेका मोतिलाल घर्तीलाई भने थप उपचारको लागि पोखरा पठाइएको धौलागिरी अञ्चल अस्पतालले जानकारी दिएको छ।

भ्यानमा चालक सहित ६ जना यात्रु सवार रहेकोमा अरु भने सकुशल रहेको दोविल्ला प्रहरी चौकी अक्षेतेका प्रमुख महेश रायमाझीले जानकारी दिए। भ्यान विहुँ सुल्डाँडाको घुम्तीबाट उछिट्टएर तल खसेको छ।

सडकबाट तल खस्दै गरेको भ्यान सल्लाको रुखमा ठोक्किएर सजिलो ठाउँतिर पल्टिएकाले ठूलो मानवीय क्षति हुनबाट बचेको गाडीमा सवार यात्रु राजन खत्रीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.