सुनसरी : थ्री स्टार फुटबल क्लबले इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि हात पारेको छ। मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलले हराँउदै थ्री स्टारले उपाधि चुमेको हो।
थ्री स्टारलाई जिताउन बुद्ध चेम्जोङले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा विमल घर्तिमगरको पासलाई गोलमा परिणत गरे। १८ महिनापछि खेलमा फर्किएको थ्री स्टारले जीतसँगै १२ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ। दोस्रो भएको मनाङले भने ५ लाखमा चित्त बुझाएको छ। खेलमा मनाङले आधा दर्जन गोल गर्ने अवसरलाई गुमाएको थियो।
प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी थ्री स्टारका अनन्त तामाङ घोषित भए। उनले २५ हजार र ४२ इन्चको एलइडी टेलिभिजन प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ठ गोलकिपर थ्री स्टारका एलेन न्यौपाने, फरर्वाड थ्री स्टारका अजयी मार्टीन, उत्कृष्ठ प्रशिक्षक थ्री स्टारकै मेघराज केसी, उत्कृष्ठ डिफेन्डर मनाङका विराज मर्हजन, उत्कृष्ठ मिड फिल्डर मनाङका हेमन गुरुङ घोषित भए। सबैले २० हजार नगद प्रप्त गरे।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने थ्री स्टारका अजयी मार्टीन र मानाङका सुजल श्रेष्ठ घोषित भए। दुवैलाई १५\१५ हजार प्राप्त गरे। उदयमीमान खेलाडी भने आयोजक राष्ट्रिय जागृती क्लबका विजय राई घोषित भए। उनले १८ हजार मूल्यको मोबाइल सेट प्राप्त गरे। माघ ६ गतेदेखि सुरु भएको गोल्डकपमा दुई विदेशी सहित ८ टिमको सहभागिता थियो । यसैबीच आयोजकले आगामी गोल्डकपको पुरस्कार राशी २५ लाख बनाउने घोषणा गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।