|

हेटौँडा : प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा बिहीबार ६ मन्त्रालय स्थापना गरिएका छन्। 

हेटौँडा उपमहानगरपालिका– २ स्थित जिल्ला समन्वय समितिको भवनमा केही दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थापना गरिएको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उपमहानगरपालिका– १ स्थित श्रम कार्यालयको भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय, वडा– २ स्थित क्षेत्रीय वन कार्यालयको भवनमा उद्योग, पर्यटन, वन, तथा वातावरण, जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सहकारी डिभिजन कार्यालयको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएका छन्। वडा– १० स्थित क्षेत्रीय स्वास्थ्य कार्यालय भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ। 

आगामी फागुनको पहिलो सातादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयको कर्मचारीको पदस्थापन एवं कार्यालय सुव्यवस्थित ढंगबाट सञ्चालनमा ल्याउन तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले बताए। 

विभिन्न मन्त्रालयको कार्यालय स्थापना गर्ने क्रममा जिल्लास्तरीय कार्यालयमध्ये केही कार्यालयलाई हेटौँडास्थित विभिन्न सरकारी कार्यालयको भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.