|

भक्तपुर : मनोहरा खोलामा अवैध रूपमा बालुवा लोड गरिरहेका छवटा मिनी ट्रकलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ। 

गत राती करिब १२ बजे भक्तपुर चाँगुनारायण नगरपालिका- १ स्थित नेपाल इञ्जिनियरिङ कलेजबाट मूलपानी जाने बाटोमा रहेको मनोहरा खोलामा अवैध रूपमा बालुवा लोड गरिरहेको अवस्थामा ती मिनी ट्रकलाई नियन्त्रणमा लिएको ठिमी वृत्तले जनाएको छ। 

बा२ख ७१५०, बा२ख ३३२३, बा२ख ४४१६, बा२ख ७८२७, बा२ख १२९६, बा२ख ५५२ नम्बरका महिन्द्रा निशान गाडीलाई नियन्त्रणमा लिइएको ठिमी वृत्तका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए। महर्जनले आवश्यक कारवाहीका लागि उनीहरूलाई जिल्ला समन्वय समिति भक्तपुर पठाइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.