अर्जुनका तीन गीत, राजनराजको पाँच करोड

|

काठमाडौं : नेपाली फिल्म क्षेत्र यो वर्ष संगीतमय जस्तै बन्यो। प्राय: फिल्मका गीतहरूलाई दर्शकले रुचाइदिए। सार्वजनिक गीतहरूले युट्युबमा लाखौँ तथा करोडौँ भ्युज पाए।

यस वर्ष लोकलयमा तयार भएका र रोमान्टिक गीतहरू सफल देखिएका छन्, जुन गीतहरूले युट्युबमा लाखौँ र करोडौँ भ्युज पाए।

यस वर्ष हरेकजसो पार्टी प्यालेस तथा विविध कार्यक्रममा पनि नेपाली गीत बजे। पहिला हिन्दी गीतको दबदबा हुने ठाउँहरूमा पनि नेपाली गीत गुन्जिए। यसको मतलब, यो वर्ष नेपाली गीतले हिन्दी गीतलाई बिस्थापित गरिदिएका छन् भन्ने बुझ्नु अन्यथा नहोला।

यस वर्ष लोकलयमा तयार भएका र रोमान्टिक गीतहरू सफल देखिएका छन्, जुन गीतहरूले युट्युबमा लाखौँ र करोडौँ भ्युज पाए।

गायनतर्फ यो वर्ष गायिका अन्जु पन्तलाई फापेको छ। उनले गाएका तीन वटा गीतले करोड भ्युज पाएका छन्। सुगम पोखरेलले गाएका दुई र राजनराजका दुई गीत पनि करोड क्लबमा छन्। 

यी संगीतकार, जसका गीतले यस वर्ष रिलिज भएर करोड भ्युज पाए।

अर्जुन पोखरेल : तीन गीत करोड क्लबमा

यस वर्ष रिलिज भएका गीतहरूमध्ये अर्जुन पोखरेलले संगीत गरेका तीन गीत करोड भ्युज कमाउन सफल भए। अर्जुनले संगीत भरेको 'भन्छु आज', 'तिमी रोएको पल' र 'किन आजकाल' करोड भ्युज पाउने गीत हुन्।

फिल्म 'म यस्तो गीत गाउँछु'मा समावेश 'भन्छु आज'ले युट्युबमा एक करोड ४५ लाख बढी भ्युज पाएको छ। रोमान्टिक लभ सङमा यो नै पहिलो करोड भ्युज पाउने गीत हो। सुदर्शन थापाको शब्द रहेको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडयोमा पूजा शर्मा र पल शाह फिचरिङ छन्।

अर्जुनकै संगीत रहेको गीत 'तिमी रोएको पल'ले पनि युट्युबमा करोड भ्युज पाएको छ। फिल्म 'ऐश्वर्य'मा समावेश यस गीतले हालसम्म युट्युबमा एक करोड ४७ लाख भ्युज पाइसकेको छ। अर्जुनकै शब्द रहेको यस गीतमा सुगम पोखरेल र अन्जु पन्तकै स्वर सुन्न सकिन्छ। यस गीतको भिडियोमा रमेश उप्रेती र दीपिका प्रसाईं फिचरिङ छन्।

त्यस्तै, अर्जुनको संगीत तथा स्वर रहेको गीत 'किन आजकल" पनि करोड क्लबमा छ। फिल्म 'म यस्तो गीत गाउँछु'मा समावेश यस गीतले हालसम्म युट्युबमा एक करोड १२ लाख बढी भ्युज पाएको छ। अम्बिका शर्माको शब्द रहेको यस गीतलाई अर्जुनले नै एरेन्ज गरेका छन्।

अर्जुनले आफूलाई संगीतकारको रूपमा मात्र करोड क्लबमा प्रवेश गराएनन्, उनी गायक, गीतकार तथा एरेन्जरको रूपमा पनि करोड क्लबमा पर्न सफल छन्।

आफूले गीत कहिल्यै युट्युबमा करोड पाउने आशमा नबनाएको अर्जुन बताउँछन्। उनी भन्छन्, 'मलाई दिएको कथाको परिवेशअनुसार गीत बनाएको हुन्छु। मलाई करोड भ्युजभन्दा पनि गीत स्तरीय बनोस् भन्ने हुन्छ। त्यहीअनुसार गीत बनाउँछु।'

'कुटुमा कुटु' गीत नसुन्ने वा नहेर्ने कमै होलान्। तीन करोडको हाराहारी जनसंख्या रहेको नेपालमा नेपाली गीतले पाँच करोड भ्युज पाएको छ। यसैबाट भन्न सकिन्छ- यो गीत नसुन्ने कमै छन्।

यस वर्ष रिलिज भएका तीन गीतले करोड भ्युज पाउँदा निकै खुसी भएको उनी बताउँछन्। भन्छन्, 'अब भने रोमान्टिक गीतले पनि एउटा स्थान बनाइसकेको छ। त्यसैमा खुसी छु।'

सर्वाधिक भ्युज पाउने राजनराज सिवाकोटी

यस वर्ष रिलिज भएका फिल्मका गीतहरूमा राजनराजका दुई गीत करोड क्लबमा छन्। उनका गीतले करोड भ्युज मात्र पाएका छैनन्, नेपाली युट्युब इतिहासमा सर्वाधिक भ्युज पाउने गीत पनि राजनराजकै संगीतमा बनेका छन्। हो, 'कुटुमा कुटु' गीत। राजनराजको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतले युट्युबमा पाँच करोड ५२ लाख भ्युज पाएको छ। यो नै नेपाली गीतले पाएको सर्वाधिक भ्युज हो।

'कुटुमा कुटु' गीत नसुन्ने वा नहेर्ने कमै होलान्। तीन करोडको हाराहारी जनसंख्या रहेको नेपालमा नेपाली गीतले पाँच करोड भ्युज पाएको छ। यसैबाट भन्न सकिन्छ- यो गीत नसुन्ने कमै छन्।

फिल्म '२ रुपैयाँ'मा समावेश यस गीतमा राजनराजसँगै मेलिना राई र राजन इशानको स्वर रहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यस गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, अशिफ शाह र बुद्धि तमाङ फिचरिङ छन्।

नेपाली गीतलाई बाहिरी देशमा पनि हेर्न थालेकाले 'कुटुमा कुटु'ले पाँच करोड भ्युज पाउन सफल भएको राजनराज बताउँछन्। भन्छन्, 'हाम्रो गीत पनि बाहिरी देशमा सुन्न थालिएको छ। त्यही भएर होला, 'कुटुमा कुटु'ले हाम्रो देशको जनसंख्याभन्दा बढी भ्युज पाएको।'

त्यस्तै, राजनराजको 'चरी चट्ट परी' पनि करोड भ्युज पाउने गीत हो। फिल्म 'कान्छी'मा समावेश यस गीतमा राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ भने शब्द राजनराजकै हुन्। यस गीतको भिडियोले युट्युबमा हलसम्म एक करोड ३९ लाख भ्युज पाएको छ।

फिल्म 'शत्रु गते'मा समावेश गीत 'रूपै मोहनी'ले पनि युट्युममा करोड भ्युज पाएको छ। सार्वजनिक भएको ५३ दिनमा नै करोड भ्युज पार गरेको यस गीतको युट्युब भ्युज एक करोड ५५ लाख कटिसकेको छ।

आफ्ना गीतहरूले पूर्ण रूपमा नेपालीपन बोकेको हुने भएकाले दर्शक-श्रोताले उक्त गीतहरूलाई मनपराइदिएको राजनराज बताउँछन्। भन्छन्, 'म गीत लेख्दा आफूलाई आम नेपाली सम्झेर लेख्छु। मेरा गीतको शब्द पनि मैलिक हुन्छन्। त्यसैले होला मेरा गीत सबैले मनपराइदिनुहुन्छ।'

करोड भ्युजबाट दंग टंक बुढाथोकी

फिल्म 'शत्रु गते'मा समावेश गीत 'रूपै मोहनी'ले पनि युट्युममा करोड भ्युज पाएको छ। सार्वजनिक भएको ५३ दिनमा नै करोड भ्युज पार गरेको यस गीतको युट्युब भ्युज एक करोड ५५ लाख कटिसकेको छ।

 यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। लोकराज अधिकारीको शब्द रहेको यस गीतमा टंक र मीना निरौलाको स्वर रहेको छ।

आफ्नो गीतले करोड भ्युज पाएकोमा दंग छन् टंक। भन्छन्, 'आफ्नो गीतले करोड पाउँदा खुसी नहुने को होला र! म पनि खुसी छु।' गीतको भिडियोमा भएको स्टारकास्ट र भिडियोको मेकिङ पनि राम्रो भएकाले गीतले करोड भ्युज पाएको उनले बताए।

'ए दाजु' : विवादमा पनि दुई करोड भ्युज

‘छक्का पन्जा २’मा समावेश गीत 'ए दाजु' विवादमा तानिए पनि दर्शकले अत्यधिक रुचाइदिए। सुरुमा अलमोडा राना उप्रेतीको संगीत रहेको भनिएको यस गीतलाई चोरीको आरोप लाग्यो। पछि यस गीतको संगीतकारमा कान्छा मगर नेपाली र प्रिन्स नेपालीको नाम राखियो।

हाल यस गीतले युट्युबमा दुई करोड १८ लाख बढी भ्युज पाएको छ। यस गीतले पनि छोटो समयमै एक करोड भ्युज प्राप्त गरेको थियो। यस गीतमा सुजाता वर्मा र अल्मोडा राना उप्रेतीको स्वर रहेको छ।

'काले दाई'बाट दुई करोडका संगीतकार कोसिस

फिल्म 'पर्व'मा समावेश 'काले दाइ' बोलको आइटम गीतले नेपाली बजार राम्रैसँग ततायो। कोसिस क्षेत्रीको संगीत रहेको यस गीतले युट्युबमा करोड भ्युज पाएको छ। निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको गीतमा दिनेश राउतको शब्द रहेको छ।

निश्चल बस्नेत र माला लिम्बूको 'हट' अभिनयका कारण पनि युट्युबमा उक्त गीतलाई राम्रैसँग खोजियो। स्टेज प्रोग्राममा राम्रै स्थान पाएको यस गीतको भिडियोले हालसम्म युट्युबमा दुई करोड ३६ लाख बढी भ्युज पाएको छ।

'पर्ख पर्ख मायालु' पनि करोडमा छ : दीपक शर्मा

दीपक शर्माको शब्द/संगीतमा तयार भएको गीत 'पर्ख पर्ख मायालु' पनि करोड क्लबमा छ। फिल्म 'मंगलम'मा समावेश यस गीतले हालसम्म एक करोड ४६ लाख भ्युज पाइसकेको छ। यसर्थ दीपक पनि करोड भ्युज पाउने संगीतकार बेका छन्।

कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको यस गीतमा शिल्पा पोखरेल र पुष्पल खड्काले नृत्य गरेका छन्। भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

कल्याण सिंहको गीत 'कसम हो कसम' पनि करोड पटक हेरियो

कल्याण सिंह पनि करोडका संगीतकार बनेका छन्। फिल्म ‘ए मेरो हजुर २’मा समावेश कसम हो कसम बोलको गीत करोडमा प्रवेश गरेसँगै उनी करोडका संगीतकार बन्न सफल भए।

कृष्णहरि बरालको शब्द रहेको यस गीतमा सुगम पोखरेलको स्वर रहेको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँ फिरचिङ यस भिडियोलाई युट्युबमा एक करोड २६ लाख भन्दा बढी पटक हेरिएको छ।

'आई एम भेरी सरी' : प्रवेश मल्लिक

फिल्म 'फाटेको जुत्ता'मा समावेश गीत 'आई एम भेरी सरी'लाई पनि करोड पटक हेरिएको छ। यस गीतमा प्रवेश मल्लिकको संगीत रहेको छ। गीतमा प्रवेशकै शब्द तथा स्वर सुन्न सकिन्छ। यस गीतबाट प्रवेश पनि करोड भ्युज पाउने संगीतकार बनेका छन्।

प्रियंका कार्की र सैगात मल्ल फिचरिङ यस भिडियोलाई हालसम्म युट्युबमा एक करोड २४ लाख बढी पटक हेरिएको छ।

राजनराजको यो पनि करोडमा

यस वर्ष फिल्म रिलिज नभए पनि 'कमलेको बिहे'मा समावेश 'टाकान टुकुन' बोलको गीतले युट्युबमा करोड भ्युज पाएको छ। उक्त गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ। गीतमा माण्डवी त्रिपाठीले पनि स्वर दिएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.