|

भक्तपुर : भक्तपुरको ऐतिहासिक बिस्केट जात्रामा भैरवनाथको रथ तान्ने क्रममा शनिबार राति दुईजना घाइते भएका छन्। भेलुखेलस्थित यसीँख्यबाट भैरवनाथको रथ गःहिटी पुर्‍याउने क्रममा रथको पांग्राले किचेर भक्तपुर नगरपालिका चासुखेल बस्ने १७ वर्षीय विकेश माक र चन्द्रागिरि नगरपालिका-३ थानकोट बस्ने २० वर्षीय सरोज महर्जन घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घाइते दुवैजनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

उपचारका क्रममा मृत्यु

यसैगरी, घाइते अवस्थामा शनिवार राति फेला परेको ४८ वर्षीय रामहरी भुजेलको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीको गस्ती टोलीले सूर्यविनायक नगरपालिका ९ नलिनचोक बाँसघारीस्थित अरनिको होटल अगाडि बाटोमा अचेत अवस्था फेला पारेके थिय । भुजेललाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रनाउ प्रसाईंले बताए।

घटनास्थलको प्रारम्भिक अनुसन्धानले भुजेललाई सरवारी साधनले ठक्कर दिएको हुन सक्ने प्रहरीका प्रारम्भिक अनुसन्धानले देखिएको जानकारी दिँदै उनले उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.