|

काठमाडौं : ६८ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकीको जन्मस्थल जनकपुर आउँदैछन्। मोदी भ्रमणको उद्देश्य धार्मिक देखिए पनि वास्तविकतामा दुई देशबीचको राजनीतिक सम्बन्ध सुधार रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ।

यसअघि १९५० मा कोसी ब्यारेज सप्तरीमा भारतीय पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरु आएका थिए। ब्यारेजबाट भारतफएको क्षेत्रमा क्षति न्युन गराउन भ्रमणको उद्देश्य थियो।

६८ वर्षपछ नेपालको मधेस भूभागमा भारतीय प्रधानमन्त्रीलाई पाउनु खुशीको विषय भएको राष्ट्रिय जनता पार्टीका नेता अनिकुमार झाले बताए। मोदी भ्रमण सफल बनाउन प्रदेश २ र केन्द्र एक भएर काम गरिरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.