|

काठमाडौं : तपाईले आफूलाई पिइरहेको पानीबारे कहिल्यै सोच्नुभएको छ? झट्ट हेर्दा सफा देखिँदैमा सबै पानी पिउनयोग्य हुन्छ भनेर ढुक्क नहुनुहोस्। अचम्म लाग्न सक्छ, काठमाडौं उपत्यकाको पानी पिउनयोग्य नभएको परीक्षणका क्रममा पुष्टि भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले काठमाडौं उपत्यकाका पानीका विभिन्न स्रोतको परीक्षण गरेको हो। नास्टको प्रयोगशालामा गरिएको परीक्षणले उपत्यकाको पानी पिउनयोग्य नरहेको पुष्टि भएको छ।

नास्टले गत वर्ष बैशाखदेखि चैतसम्म करिब एक हजार पानीका नमुना परीक्षण गरेको थियो। परीक्षण गरिएकामध्ये कुनै पनि नमुनाका पनी पिउनुयोग्य नदेखिएको नास्टका प्राविधिकले जानकारी दिए। ‘हामीले यो एक वर्षमा ९२५ वटा नमुना परीक्षण ग¥यौं।’ नास्टका वरिष्ठ वैज्ञानिक डा. भोलाराज पन्तले भने, ‘संकलित कुनै पनि पानी ढुक्कले पिउनयोग्य देखेनौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.