|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि हतियारसहितका भारतीय सुरक्षाकर्मी काठमाडौं आएका छन्। नेपालमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले चढ्ने दुईवटा बुलेटप्रुप गाडीसेमत भारतले नै पठाएको छ।

भारतीय वायुसेनाको चार्टर्ड जहाजले मंगलबा मोदीको भ्रमणका लागि आवश्यक सुरक्षाकर्मी हतियार, गाडीलगायत सामग्री ल्याएको हो। भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी)अन्तर्गतका हरियाससहितका ४१ सुरक्षाकर्मी काठमाडौं आएका हुन्।

यसअघिका भ्रमणमा झैं सुरक्षार्थ भारतीय वायुसेनाको जहाज आएको विमानस्थल प्रहरी प्रमुख प्रेम चन्दले बताए। भारतबाट आएका सुरक्षाकर्मीले नेपाली सेनासँगको समन्वयमा प्रधानमन्त्री मोदीलाई सुरक्षा प्रदान गर्नेछन्। 

हतिहारसहित नेपाल आएका भारतीय सुरक्षाकर्मी नेपाली सेनासँगको समन्वयमा मोदीको सुरक्षाका लागि अग्रस्थानमा खटिनेछन्। भारतीय पक्षले मोदी जाने जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा बेग्लाबेग्लै समूहमा सुरक्षाकर्मी खटाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.