|

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पूर्वअर्थमन्त्री डा. रामशरण महतको अर्थनीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाएका छन्।

मन्त्री यादवले कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री महतलाई उत्कृष्ट अर्थमन्त्रीको उपाधि दिइएकोमा पनि आक्रोश व्यक्त गरे। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सम्पत्तिमाथि लुट मच्चाउने बानी नै बसेको आरोप पनि लगाए। मन्त्री यादवले सरकारले सबै खालको सिन्डिकेट अन्त्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्प पूरा गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताए। मन्त्री यादवले विराटनगर जुटमिल कारखानाको मेसिन चोरेर बेच्ने काम गरेको आरोप पनि स्मरण लगाए।

मन्त्री यादवले आपूर्तिको क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य गर्ने योजना रहेको जानकारी पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.