|

धरान : गाडीले सुनसरीको धरानबाट पहाडका लागि पत्रिका बोक्न छाडेका छन्। सरकारले सिन्डिकेट खारेज गरेको समाचार लगातार लेखेको भन्दै यातायात व्यवसायीले धरानबाट पहाडी जिल्ला पठाइँदै आएका पत्रिका बोक्न रोक लगाएका छन्।

कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, संयुक्त बस व्यवसायी संघ र सप्तकोसी बस व्यवसायी संघको निर्देशनमा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका विभिन्न स्थान जाने पत्रिका बोक्न रोक लगाएको जनाइएको छ।

सिन्डिकेटविरुद्ध लगातार समाचार प्रकाशन गरी यातायात व्यवसायीको बदनाम गराएको भन्दै यी संघका पदाधिकारीले शुक्रबारदेखि पत्रिका बोक्न रोक लगाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.