|

काठमाडौं : सडक विभागले चालू आर्थिक वर्ष रणनिितक तथा राष्ट्रिय राजमार्गका लागि छुट्याएको करिब एक चौथाइ अबका दुई महिनामा मात्र खर्च हुने भएको छ। विभागले समयमा काम लगाउन नसक्दा आर्थिक वर्ष सकिनैलाग्दा ठूलो परिमाणमा बजेट खर्च हुन थालेको हो।

विभागका लागि बजेटमार्फत दिइएको रकममध्ये ३५ अर्ब रुपैयाँ खर्च भएको छ। बजेटमा व्यवस्था भएमध्ये २९ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ। विभागले थप मागेको ३१ अर्बसहित चालू आवका पछिल्ला दुई महिना जेठ र असारमा मात्र ५९ अर्ब रुपैयाँ खर्च हुनेछ। सडक र पुल निर्माण मर्मत, कालोपत्रे र स्तरोन्नतिका लागि असार मसान्तसम्म करिब ९५ अर्ब रुपैयाँ खर्च हुँदैछ।

बजेट नपुगेर ३१ अर्ब रुपैयाँ माग भएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए। उनले भने, ‘बजेटमार्फत शीर्षक तोकेरै आएको रकम ७४ अर्ब रुपैयाँ छ। यो रकममध्ये १० अर्ब रुपैयाँ अहिलेसम्म खर्च गर्ने प्रक्रिया सुरु नभएकाले फिर्ता भएको हो।’ विभागसँग भएको ६४ अर्ब र माग गरिएको थप ३१ अर्ब गरी चालू आर्थिक वर्षमा सडक निर्माणमा ९५ अर्ब रुपैयाँ खर्च हुनेछ।

१३ अर्ब रुपैयाँको काम सकेर निर्माण व्यवसायीले विभागमा आवश्यक बिलसहित भुक्तानी दाबी गरेका छन्। सरकारले अहिलेसम्म आठ अर्ब रुपैयाँ दिएको छ। पाँच अर्ब अझै भुक्तानी हुन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.