|

काठमाडौं : झण्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त भएको छ। नेपाल विद्युत् प्राधिकरणले सन् २००३ मा मागअनुसार विद्युत् आपूर्ति नभएको भन्दै पहिलोपटक लोपडसेडिङ घोषणा गरेको थियो।

त्यतिवेला प्राधिकरणले ठाउँ हेरेर साताको एक दिन एक घण्टा लोडसेडिङ गरेको थियो। प्राधिकरणले केही वर्षअघि दैनिक १८ घण्टासम्म विद्युत् कटौती गरेको थियो। तर सोमबारबाट भने लोडसेडिङ इतिहास बनेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निकै मेहनतसाथ सबै विकल्प प्रयोग गरेर देशलाई लोडसेडिङमुक्त बनाइएको बताए। मन्त्री पुनले आन्तरिक उत्पादन बढेको र भारतबाट थप विद्युत् आयात गरी लोडसेड्रि हटाइएको जानकारी दिए।

विद्युत् चुहावटलाई २६ बाट २० प्रतिशतमा झारिएको मन्त्री पुनले बताए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रणालीमा आउने क्षणिक प्राविधिक कठनिाइबाहेक प्रसारण लाइन पुगेका कुनै पनि ठाउँमा लोडसेडिङ नहुने बताए।

घिसिङले प्राधिकरणले आफ्ना आयोजनाको सुधारलाई प्राथमिकता दिएर र अन्य प्राविधिक गडबडी सुधारेर लामो प्रयासपछि देशलाई लोडसेडिङमुक्त गराएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.