दैनिक तीन शवका बाकस भित्रिदै

|
फाइल फाेटाे

काठमाडौ : चालू आर्थिक वर्षको नौ महिनामा झण्डै सात सय युवाले विदेशमा ज्यान गुमाएका छन्। विप्रेसणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भन्दै सरकार र अर्थविदहरुले दाबी गर्ने गरेकोमा विप्रेषण आर्जन गर्न विदेशिएका युवाहरुको मृत्युको विवरण आएको हो। 

पर्याप्त तालिम सीप र सुरक्षाको गरेन्टी बिनै वैदेशीक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुकेका छन्। तथ्यांक अनुसार औसतमा दैनिक तीनवटा शवका बाकस विदेशबाट त्रिभुवन विमानस्थल आइपुग्ने गरेका छन्। वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा पेश भएको क्षतिपूर्तिको दाबी विवरण अनुसार आर्थिक वर्षको चैत्रसम्म ६७३ श्रमिक कामदारको मृत्यु भएको छ। 

नेपाली श्रमिकका लागि सबैचन्दा बढी असुरक्षित देश मलेसिया देखिएको छ। रोजगारीका क्रममा सबैभन्दा धेरै नेपाली रहेको मलेसियामै धेरै नेपालीको मृत्यु भएको बोर्डको तथ्यांकले पुष्टि गरेको छ। बोर्डका अनुसार २०६५÷६६ देखि चालु आर्थिक वर्षको चैत्रसम्ममा विदेशमा ६ हजार ५६५ जनाले ज्यान गुमाएका छन। यस अवधिमा मलेसियामा मात्रै दुई हजार ३९९ जना नेपालीले ज्यान गुमाएको तथ्यांक छ। त्यस्तै साउदी अरबमा एक हजार ७६८ जनाले ज्यान गुमाएको बोर्डका तथ्यांक छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.