|

काठमाडौं : क्रिकेट खेलाडी स्पिनर सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी छनोट भएका छन्। पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन्।

नेपाली क्रिकेट टोलीले एक दिवसीय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए। सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.