|

नेपालले पहिलो एक दिवसीय खेल नेदरल्यान्डविरुद्ध खेल्ने भएको छ। एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले यो एतिहासिक यात्राको सुरुवात बलियो प्रतिद्वन्द्वीका नेदरल्यान्डविरुद्धबाट गर्ने तय भएको हो।

बुधबार प्रकाशित तालिकाअनुसार नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय खेल १ र ३ अगष्टमा हुँदैछ। मिति तय भएपनि मैदानको टुङ्गो भने लागेको छैन। एक दिवसीय खेल नेदरल्यान्ड, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टी–२० श्रृङ्खलापछि हुनेछ।

पछिल्लो पटक नेपाल र नेदरल्यान्ड जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा भिडेका थिए। यसमा नेदरल्याण्ड ४५ रनले विजयी भएको थियो। यसै प्रतियोगितामा दुवै टिमले एक दिवसीय मान्यता प्राप्त गर्न सफल भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.