|

जाजरकोट : यहाँका अधिकांश ठाउँमा रहेका प्रहरी कार्यालयहरू भाडाका घरमा सञ्‍चालनमा रहेका छन्। जिल्लाका २६ ठाउँमा रहेका प्रहरी कार्यालय मध्य १६ ठाउँमा प्रहरी कार्यालयहरू भाडाको घरमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवीन्द्रबहादुर सिंहले जानकारी दिए। उनका अनुसार १० ठाउँमा मात्र प्रहरीको आफ्नै भवनमा कार्यालय सञ्चालन गदै आएको छ। 

भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भार थपिनुका साथै प्रभावकारी सेवा दिन नसकेको प्रमखुसिंहले बताउँछन्। जिर्ण अवस्थामा रहेका कच्ची घरमा कार्यालय संचालन गर्दा कठिनाई हुँने गरेको छ। उनका अनुसार बारेकोट गाउँपालिकामा रहेका अधिकांश प्रहरी कार्यालयहरु भाडामा छन्। नलगाड नगरपालिकाको दल्ली बाहेक अन्य ठाउँमा भाडाको भरमा सञ्चालन रहेका छन्।

जाजरकोटमा २०३४ सालमा पहिलो पटक प्रहरी कार्यालय स्थापना भएको थियो। यति लामो समय बितिसक्दा पनि जनताको जनधनको सुरक्षा गर्ने प्रहरीको आफ्नै कार्यालय नहुँदा भाडा तथा स्थानीय उपल्बध गराएको घरमा दैनिक कार्यालय सञ्चालन गर्न बाध्य भएको उनको भनाइ छ। भाडाका भरमा सञ्चालन भएका घरमा सोचेको जति काम गर्न नसकिएको प्रहरीले बताएको छ।

हेर्नुस् फोटो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.