|

लमजुङ : भोटेओडारमा पहिलोपटक ‘थिएटर’मा नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको छ। सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको सभाहलमा शुक्रबार नाटक देखाइएको हो। नाटक शनिबार पनि देखाइँदैछ।

ग्रामीण परिवेश समेटिएको नाटक ‘पानीघट्ट’लाई धेरैले रुचाएका छन्। भोटेओडारमा नाटकले पहिलो दिनमै राम्रो दर्शकको साथ पाएको छ। पहिलो दिन नै नाटकले चार 'सो' पाएको छ। ‘देश तथा विदेशमा सफलतापूर्वक देखाइएको नाटक हो’, नाटककी एक पात्र नरमाया तामाङले भनिन्, ‘यसअघि दिनमा दुई सो देखाइन्थ्यो, तर भोटेओडारमा नाटकले चार सो पायो।’

लमजुङको संस्कृति लोपान्मुख ठाडोभाका, वैदेशिक रोजगारले निम्त्याएका विभिन्न समस्या, संकटको संघारमै पुग्न लागेको ‘पानीघट्ट’को महत्त्वलाई कलात्मक ढंगले उतारिएको छ। नाटकमा स्थानीय १८ कलाकारले जीवन्त अभिनय हेर्न सकिन्छ।

मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुति रहेको नाटक पानीघट्टका लेखक तथा निर्देशक पुरु लम्साल हुन्। नाटक पानीघट्ट यसअघि अन्तर्राष्ट्रिय नाटक महोत्सव– २०१८ कोलकत्ता, राष्ट्रिय नाटक महोत्सव– २०७४ पोखरा र लमजुङकै बेँसीशहरमा प्रदर्शन भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.