घाइते लामाको वीर अस्पतालमा उपचार हुँदै

|
अशोक लामा

काठमाडौं : ललितपुरको युएन पार्कमा प्रहरी र गुन्डा नाइके भनिएका अशोक लामाबीच गोली हानाहान भएको छ। 

सोमबार दिउँसो करिब सवा १ बजे भएको गोली हानाहानमा लामा घाइते भएका छन्। लामाले अपराध महाशाखाबाट खटिएका प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनको दायाँ खुट्टामा गोली लागेको छ।

लामाको साथबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोली बरामद गरिएको अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। प्रहरीका अनुसार  लामाले पछिल्लो समय व्यापारीलाई धम्क्याएर पैसा असुल्दै आएका थिए। उनको लगानी क्यासिनोमा मिटरब्याजमा पैसा लगाउने पनि रहेको बताइएको छ।

लामालाई विभिन्न हत्या प्रयासमा तथा फिरौतीमा पनि संलग्न रहेको अभियोग लागेको छ। उनी यसअघि दुईपटक पक्राउ परेर छुटेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.