|
पहिरो गएको स्थलमा उद्दार गरिँदै

संखुवासभा : अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइट निर्माणस्थको सुरुङमा पहिरो जाँदा पुरिएका चारजनाको ३९ घण्टापछि सकुशल उद्दार गरिएको छ।शुक्रबार पहिरो साझँ लगभग ८:४० बजे पुरिएका उनीहरूलाई आइतबार साढे ११ बजेतिर शकुसल उद्दार गरिएको हो। 

उनीहरूमध्ये कालिकोटका प्रदीप शाही, जुम्लाका प्रेम परियार, भारत झारखण्डका बुधन मुन्डा र भारत बिहारका चन्द्र किशोरको उद्दार गरिएको संखुवासभा प्रहरी प्रमुख श्याम सारु मगरले जानकारी दिए। उद्दार गरिएकाहरूमा दुई जना नेपाली कामदार छन् भने दुई जना भारतीय इलेक्टिसियन र अपरेटर हुन्।

उनीहरूमध्ये एक जना घाइते रहेको मगरले जानकारी दिए। 

उनीहरूलाई उपचारका लागि सदरमुकाम खाँदबारी ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.