|

संखुवासभा :  राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रोको निमार्ण स्थल मकालु गाँउपालिका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेश्रोको ड्याम साइडको सुरुङमा फसेका चारजनाको ३९ घण्टापछि जीवितै उद्दार गरिएको छ।

शुक्रबार राति करिब ८:४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दामा पहिरो खस्दा उनीहरू सुरुङभित्र फसेका थिए।

त्यसरी सुरुङको मुखमा पहिरो जाँदा भित्रै फस्नेमा कामदारहरू ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनगर नगरपालिका ९ का ४४ वर्षीय प्रेम परियार, भारत झारखण्डका अपरेटर ५५ वर्षीय बुधन मुण्डा र भारत बिहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोरको जीवितै उद्दार गरिएको संखुवासभा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम सारु मगरले जानकारी दिए।

उद्दार टोलीलाई शुक्रबार खसेको पहिरो नरोकिँदा र लगातार वर्षा भइरहँदा उद्दारमा समस्या आएको थियो। सुरुङमार्गमा फसेकाहरूको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी चार स्काभेटरसहित खटिएका थिए।

उनीहरूले शनिबार दिनभर पहिरो पन्छाएका थिए। आइतबार पनि स्काभेटर र सुरक्षाकर्मीले निरन्तर पहिरो पन्छाएपछि फसेकालाई निकाल्न सफलता मिलेको हो। उनीहरूलाई आइतबार बिहान साढे ११ बजे जीवित उद्दार गरिएको हो।

सम्बन्धित समाचार :

​हेर्नुहोस भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.