यसरी भएको थियाे अनुसन्धान

|

काठमाडौं: ‘दबाव र प्रभावमा प्रहरीलाई नपार्ने हो भने जस्तो अपराध पनि पत्ता लाग्छ’ यो प्रहरीका धेरै अधिकृतले भन्ने वाक्य हो। यो भनाईलाई नेपाल प्रहरीले धरै हदसम्म सार्थक पनि पारेको छ।

‘बिकिनी किलर’ भनेर चिनिने चार्ल्स शोभराज पक्राउ परेका घटना हुन्, या सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्यारालाई पक्रनु यो नेपाल प्रहरीको ठूला सफलता मानिन्छ। प्रहरीले यस्ता धेरै अपराध अनुसन्धानमा आफ्नो कुशलता देखाइसकेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) शैलेन्द्र थापा क्षेत्रीको भनाई छ। 'केही यस्ता घटनाहरु हुन्छन् त्यो नेपाल प्रहरीले मात्र होइन् संसारकै उत्कृष्ट कहलिएका प्रहरीले समेत वर्षौं लगाएको हुन्छ, ती उदाहरण छन्,' उनले भने।  

तर, उपत्यकाका दुई वटा परिवारको सामुहिक हत्याकाण्डको अध्ययन गर्न भने प्रहरीलाई समेत १२ वर्ष समय खर्चनु परेको थियो। यही घटना मध्ये एक घटनाका सफल अनुसन्धान अधिकृत हुन पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल । उनका अनुसार घटनाको अध्ययन गर्दा घटना भएको बेला भेटिएको प्रमाणहरुले ठूलो फरक पार्ने हुँदा घटना स्थलको प्रमाणहरु उठाउदै अध्ययन गरेर अनुसन्धान गर्न सजिलो हुन्छ। 'अनुसन्धान गर्दा घटना हुँदा भेटिएका प्रमाणमै टेकेर अनुसान्धान हुने हुदा सही तथ्य टिपिएन भने अनुसन्धानले अर्कै मोड लिने सक्ने सम्भावना बढी हुन्छ त्यसैलै चनाखो भएर घटनाको प्रमाण संकलन गर्नु पर्छ,'  उनले भने। त्यस्तै अनुसन्धान अधिकृतमा समेत भर पर्ने उनको भनाई छ। 

यी हुन दुई समुहिक हत्या काण्ड जो प्रहरीलाई अनुसन्धान गर्न १२ वर्ष लागेको थियो।  

घटना श्रृखला एक

ललितपुर बडिखेल ६ खेलगाउँ (हाल गोदावरी नगरपालिका वडा नम्बर -८) स्थित भानु भनिने हिरालाल नगरकोटीको घरमा ०६० साल असोज १६ गते दशै अष्टमीको रात कसैले नल्पना नगरेको घटना घट्यो।

उक्त घटनामा नगरकोटी सहित उनकी ३० वर्षिया पत्नी धनकुमारी नगरकोटी, छोरीहरु आठ वर्षिया टुकुली नगरकोटी, १० वर्षिया लुरी नगरकोटी र १३ वर्षिया छोरा रबिन्द्र नगरकोटी सहित पाँचै जना परिवारका सदस्यको हत्या भएको थियो।

उनीहरु पाँचै जनाको राति सुतरिरहेकै अवस्थामा घर भित्र धारीलो हतियार प्रयोग गरि हत्या भएको थियो। हत्या कसले गरायो त्यसको अत्तो पत्तो कसैलाई केही थिएन।

घटनाको अनुसन्धान गर्ने जिम्मा प्रहरीको थियो। प्रहरीले समेत दशै वर्षौ सम्म हिरालाल नगरकोटीको स-परिवारको हत्या किन र कसले के उदेश्यका लागि गरेको थियो पत्ता लगाउन सकेको थिएन्।

तर, १२ वर्ष पछि भने प्रहरीको लामो अनुसन्धानबाट हिरालालका हत्यारा उनकै जेठान वडिखेल गाविस वडा नम्बर ६ कै ६३ वर्षिय चन्द्रबहादुर पहरी रहेको निष्कर्ष निकाल्यो। यस अघि प्रहरीले वडिखेलका सयौं जनाको वयान लिइसकेको थियो। 

चन्द्रबहादुरलाई अपराध महाशाखाले भक्तपुरको चागुनाराण नगरपालिका वडा नम्बर ७ झौखेलबाट ०७२ भदौ तीन गते पक्राउ गरेको थियो। पक्राउ गर्दा अपराध महाशाखाका प्रमुख हालका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल थिए। उनकै अनुसान्धानबाट पहारी पक्राउ परेका हुन्। 

मृतक हिरालाल नगरकोटी र चन्द्रबहादुर पहारीका श्रीमती सुर्यकुमारी पहरीसंगै बसी जांड रक्सी खाने र अनैतिक सम्बन्ध राख्ने गरेको भन्ने पत्ता पाएपछि चन्द्रबहादुरले उनीहरुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

यसरी गरेका थिए चन्द्रबहादुरले नगरकोटी परिवारकै सामुहिक हत्या

०६० असोज १६ गते दशैको अष्टमीको दिन थियो। चन्द्र बहादुर पहरीको आमाको घरमा रांगा काटीएको थियो।  नेवारी परम्परा अनुसार अष्टमीको दिन कुची भोज खाने चलन भएकोले चन्द्रवहादुरले पनि घरमै आफ्नै परिवार संग भोज खाए।

भोजमा रक्सीले टिल्ल परेका चन्द्र बहादुर पहरी रक्सीकै मातमा बहिनी ज्वाईलाई सिध्याउँछु भनि राति १२ बजे घर परिवारलाई थाहै नदिई खालि खुट्टैमै, कालो सर्ट र कालै हाफ पाईन्ट लगाई हिरालालको घर पुगे। हिरालालको घर पुग्दा मुल ढोका बन्द भइसकेको थियो। तर चन्द्रबहादुरलाई लाग्यो हिरालालको हत्या नगरी फर्किदैन उनी ट्वाईलेटको छानामाथी चढे।

घरको भर्‍याङमा उक्लिए हिरालालको घरमा सधैं जसो राख्ने गरेको मासु काट्न प्रयोग गरिने दाउ बोके, सधैं बहिनी ज्वाई सुत्ने कोठा तर्फ लागे।

कोठाको ढोका खुल्लै थियो तर बत्ती बन्द। बहिनी ज्वाईं नै होला भनि दुवै हातले खाटमा सुतिरहेकाहरुलाई घांटीमा दाउले मार हाने झै हाने। दुबैको हत्या भयो। तर झ्यालको सिसामा जुनको उज्यालोले हेर्दा भान्जा रविन्द्र नगरकोटी र  भान्जी लुरी रहेको देखे।

चन्द्रबहादुरलाई पश्चताप लाग्यो भान्जा-भान्जी मारिसके पछि हातमा दाउ बोकी फेरी तल्लो तलामा झरे उक्त कोठामा बिजुली बत्ती बलीरहेको र खाटमा बहिनी धनकुमारी,ज्वाई हिरालाल र भान्जी टुकुली सुतीरहेको देखे। ढोका खुल्लै थियो। बिस्तारै उनीहरु सुतेतिर लागे पालैपालो घांटीमा दाउले प्रहार गरी तीनै जनाको हत्या गरे। यसरी चन्द्रबहादुरले हिरालालको परिवारको सामुहिक हत्या गरेको थिए। उनी हाल डिल्लीबजार कारागारमा जेल जिवन भुक्ता गर्दै छन्।

घटना श्रखला दुई

३१ असार २०५९ मा रानीबारीस्थित गीता खड्काको घरमा बस्ने इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जली श्रेष्ठको हत्या भयो।

उक्त हत्या काण्डमा उनीहरुको छोरी समेत घाइते भएकी थिइन्। घरबेटी गीता खड्का मेनपावर व्यवसायी थिइन्। उनको व्यवसायको कालो धन्दा थाहा पाएपछि पोल खुल्ने डरले उनले श्रेष्ठ दम्पत्तिको हत्या गरिन् कि भन्ने आशंका प्रहरीले ११ वर्षसम्म गर्‍यो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीमा आउने बित्तिकै सबैजसो प्रहरी नायव महानिरीक्षक (डिआइजी) ले रानीबारी हत्याकाण्डको फाइल पल्टाउँथे। अनि सुरु हुन्थ्यो फेरि श्रेष्ठ दम्पती हत्या प्रकरणको अनुसन्धान। अनुसन्धानका लागि प्रहरीले दुई वटा स्केच तयार पारेको थियो।  १८ वटा अनुसन्धान समिति बने। एकसय ७० जना भन्दा बढीसँग बयान लिएको थियो। तर हात लाग्यो शून्य जस्तै हुन्थ्यो।

तर जब तत्कालीन सिआइबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भए। उनको टोलीले २०७१ चैत १ गते रानीबारी हत्यामा संलग्न रहेका दुई जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा दोलखाका मनराज गुरुङ र रामेछापका प्रमेश चौहान थिए।

उनीहरुले दुई लाख रुपैयाँ लिएर गीता खड्काको हत्या गर्न गएको र खड्कालाई मार्न माथिल्लो तलामा जानुपर्ने र खड्काको हत्या भए सूचना चुहिने डरले उनीहरूले श्रेष्ठ दम्पतीलाई मारेर माथिल्लो तलामा गएको प्रहरीको अनसन्धानबाट खुलेको छ।  

तर, खड्का बाथरुममा लुकेकाले खड्काको हत्या योजना असफल भएको थियो। कसले खड्काको हत्या गर्न लगाएको थियो भन्ने पत्तो प्रहरीले अझै खुलाएको छैन। ०७१ असार २८ को सर्वोच्च अदालतको फैसला अनुसार हाल गुरुङ केन्द्रीय कारागार सुन्धारा र  चौहान डिल्लिबजार कारागारमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.