|
ओखलढुंगा सामुदायिक मिसन अस्पताल।

ओखलढुंगा : ओखलढुंगामा आठ वर्षीय बालकको पेटबाट ७ सय ग्राम बढी जुका निकालिएको छ। चिसंखुगढी गाउँपालिका ६ भदौरेका झनमाया राना मगरका ८ बर्षिय छोरा मदन मगरको पेटबाट शल्यक्रियामार्फत जुका निकालिएको हो।

लामो समयदेखी बिरामी परेका मगरलाई ओखलढुंगा सामुदायीक अस्पताल मिसनमा भर्ना गरिएको थियो। चिकित्सकहरुको दुई घन्टासम्मको प्रयासपछि जुका निकाल्न सफल भएको अस्पताल स्रोतले जनाएको छ। जुकाकै कारण बालकको स्वास बढ्ने, हिँड्न नसक्ने, खाना खान मन नलाग्ने र बान्ता गर्नेलगायतका लक्षण देखिएका थिए।

यस्ता लक्षण देखिएपछि गाउँघरमै धामीझाँक्री लगाउँदै आएका परिवारले रोग निको नभएपछि अस्पताल ल्याएको बिरामीकी आमा झनमाया राना मगरले बताइन्। ‘छोरो  बिरामी भइरहयो अनि धामी लयाईयो, धामीले पनि आफुले निको पार्न नसक्ने भन्दै अस्पताल लैजान भने पछि अस्पताल ल्याएको उनले बताईन्।

बालकलाई समयमै अस्पताल नपुर्‍याएको भए उनको ज्यान समेत जान सक्ने चिकित्सकले बताए। अस्पतालमा आईपुग्दा बालकको पेट फुलेको पाइएकाले पेटभित्र सक्रमण भएको आशंका गरिएको भए पनि वास्तविकता थाहा पाउँदा आफूहरु चकित भएको डक्टर रबिन्द्र मेहताले बताए। ‘हामीले बच्चाको एक्सरे गरेर हेर्यौं, आन्द्रा अवरुद्ध भएको देखियो तर जुका नै हो भन्ने अनुमानसमेत गरेका थिएनौं।’ पहिले बालकलाई औषधी चलाएको भए पनि निको नभएपछि आन्द्रा काटेर जुका निकलिएको उनले बताए। उनले भने, ‘औषधीले काम नगरेपछि अप्रेशन गरियो अप्रेशन गर्दा चाउचाउ जस्तो गुजुल्टिएको साढे सात सय ग्राम जुका निकालियो।’

अहिले बालकको स्वास्थ्य अवस्या सामान्य छ। जुका माटोबाट प्रवेश गर्ने भएकाले मुलको पानी तथा फोरमैलाबाट लाग्ने गर्दछ। यसबाट बच्न पानी पिउँदा सरसफाईमा बिशेष ध्यान पुर्याउनुपर्ने र जुकाको औषधी पाँच बर्ष सम्म ६ र ६ महिनामा खानुपर्ने चिकित्सकको सुझाव छ। मगर भदौर ेस्थित एक विद्यालयमा कक्षा दुईमा अध्यनरत छात्र हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.