|
फाइल फोटो

संखुवासभा : संखुवासभा जिल्लाको अरुण प्रवेश मार्गको छ्याङ्कुटी–दिदिङ सडक आसपासका आठवटा घर उच्च जोखिमा परेका छन्। भारी वर्षापछि आएको पहिरोका कारण चिचिला गाउँलालिकाका-२ र ३ का सडक आसपासका घरहरू उच्च जोखिमा परेका हुन्।

निमार्णाधीन राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविधुत् परियोजना पाउवस हाउस जाने सडक खण्डका आठवटा घर पहिरोको रहेको उच्च जोखिमा रहेको अरुण प्रवेश मार्ग खाँदबारीका इन्जिनियर गागलबहादुर भण्डारीले जानकारी दिए। उच्च जोखिमा रहेका मध्ये पाँच घरपरिवार सुरक्षित स्थानमा सरिसकेको इन्जिनियर भण्डारीले बताए। अन्य तीन घरपरिवारलाई पनि सुरक्षित स्थान सर्न अनुरोध गरेको उनले बताए।

विस्थापित हुनेहरूमा चिचिला गाउँपालिका-२ का सीता गुरुङ, कर्मा शेर्पा, नेत्र राई, मच्छिन्द्र राई र तीन नम्बर वडाका थमानसिंह राई रहेका छन्। त्यसैगरी २ नम्बर वडाका कर्मा शेर्पाका भाइ, मनबहादुर राई र ३ नम्बर वडाका सोमराज राईको घर उच्च जोखिममा रहेको भए पनि उनीहरूले घर छाडेका छैनन्।

सडक निर्माण क्रममा निर्माण व्यवसायीले समयमा नाली व्यवस्थापन नगर्दा सो सडक खण्डकामा पर्ने खेतवारीमा समेत क्षति पुर्‍याएको स्थानीय अरुण सरोकार मञ्च जिल्ला कार्यसमिति अध्यक्ष नयन्द्र लाम्सोङ् राइले बताए। उनले भने 'अरुण तेस्रोको सडकको लेदोमाटोसहितको भलवाढीका कारणले खेतबारीमा करोडौको क्षति पुर्‍याएको छ।

उच्च जोखिममा रहेका आठ घरपरिवारलाई तत्कालका लागि जिल्ला प्रशासन कार्यालय संखुवासभाले त्रिपाल वितरणको छ। उच्च जोखिममा रहेको चिचिला गाउँपालिकाको दिदिङ स्वाथ्यचौकीसमेत विस्थाति भएको छ। स्वास्थ्य चौकी स्थानीय सडक सञ्जाल नजिकै रहेको र वर्षाका कारण पहिरो जान थालेकाले स्वाथ्यचौकीसमेत विस्थापित भएको स्थानीयले बताए।

अरुण तस्रो जलविधुत परियोजनाको पावर हाउस जाने २८.६९ किलोमिटर सडक निर्माणको काम लुम्बिनि/एम.के/सिंह एण्ड ब्रदर्शले संयुक्तरूपमा गरिरहेको छ। सो सडकखण्ड अन्तर्गत पुखुवास्थित एक किलो मिटर सडकको ट्रयाक खोल्ने काम बाँकी रहेको व्यवसायी मोहन विक्रम बस्नेतले बताए।

भारी वर्षाका कारण सडकको पर्खल सहित विभिन्न ठाउँमा सडक भत्किँदा सडकमा क्षति पुगेको बस्नेतको भनाइ छ। वर्षाले करिव दुर्इ करोड क्षति पुर्‍याएको उनको दाबीछ । दुई खण्डमा एउटै निर्माण कम्पनीले निर्माण कार्य गरेको सडकको निर्माण सम्झौता समय गत जेष्ठ २४ मा सकिएको छ। छ्यांकुटीदेखि १४ किलोमिटर खण्डमा ३५ प्रतिश मात्र काम सम्मपन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.