|

काठमाडौं : वैशाख २२ गते मृत्यु भएका बर्दियाका कैदी भक्तबहादुर सुनवारको हत्या भएको खुलेको छ। ललितपुरस्थित नख्खु कारागारमा एक्कासी गम्भिर बिरामी भएर उपचारको लागि अस्पताल पुर्‍याएका सुनुवारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो।

सुनुवारलाई विभिन्न व्यक्तिको हत्या अभियोगमा जेल जिवन भुक्तान गरिरहेक ‘किलर’ अभिषेक सिंहले नाटकिय शैलिबाट हत्या गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले जनाएको छ।

सिआइबी स्रोतका अनुसार जेलर र चौकीदारसँग सम्बन्ध राम्रो नभएका किलर सिंहले उनीहरुलाई त्यहाँबाट हटाउन सुनुवारको हत्या गरेको खुलेको हो। उनले सुनुवारलाई बिसादियुक्त केमिकल खुवाएर हत्या गरेको खुलेको छ।

सिआइबीले यस घटनाबारे विस्तृत जानकारी गराउन अागमी हप्ता पत्रकार सम्मेलनको आयोजना गर्ने समेत थाहाखबरलाई जानकारी दिएको छ।

घटनाको अनुसन्धानका लागि सुरुमा गृह मन्त्रालयले कारागार व्यवस्था विभागलाई निर्देशन दिएको थियो। त्यसपछि घटनाको विस्तृत अनुसन्धान सिआइबीले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.