राससको समाचारमा कुनै सत्यता छैन : प्रहरी

|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका-६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा बिहीबार बिहान भिरको दुलामा छिरेकाहरू बेहोस भएपछि उनीहरूको उपचार भइरहेको छ। दुम्सी खोज्न जानेक्रममा दुलोभित्र पसेका रामकुमार तामाङ भित्रै बेहोस भएपछि उनलाई निकाल्न उनकै सानीआमा पसेकी थिइन्। उनी पनि पसेको केही समयमै बेहोस भएकी थिइन्।

यसरी भयो घटना

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-६, झञ्याङ खर्कको आइतबारे भिरमा बुधबार साँझ  दुम्सी लुक्ने दुलोमा धुँवा लगाएर बन्द गरेर छाडेका थिए। दुम्सीको खोजीमा बिहीबार बिहान दुम्सी खोज्न पसेको रामकुमार  तामाङभित्र नै बेहोस भएको र उनलाई निकाल्न उनकी सानी आमा बुद्धिमाया तामाङ पसेको केही बेरमै बेहोस भएकी थिइन्। दिलबहादुर तामाङ, सुरज तामाङ, अमृत तामाङ र अनिल तामाङ  बेहोस भएपछि राम र बुद्धिमाया  तामाङ  निकाल्न खोज्दा घाइते भएका हुन्।

उनीहरुको प्रयास असफल भएपछि इलाका प्रहरी कार्यालयमा खबर गरे। तर, इलाका प्रहरीले  निकाल्न अक्सिजन सहितको टोली पठाउन माग गर्‍यो। त्यसको लगत्तै प्रहरीले जिल्ला अस्पताल खाँदबारीबाट दुई सिलिन्डर ग्याससहितको टोली र स्वास्थ्यकर्मी घटनास्थल पठायो। घटनास्थलमा पुगेका प्रहरी जवान भोलाकाजी भण्डारीले अक्सिजनसहित भित्र पसेर उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घाइते हुने  रामकुमार  तामाङको अवस्था सामान्य  रहेको छ।  अन्य घाइतेको   मनकामना पोलिक्लिनिक तुम्लिङटारमा उपचार भइरहेको प्रहरीको भनाइ छ।   

राससको समाचारमा सत्यता छैन : प्रहरी

राष्ट्रिय  समाचार समितिमा प्रकाशित भएको एकजनाको अवस्था अज्ञात भन्ने समाचारमा कुनै सत्यता नभएको र झुटा समाचारको पछि नलाग्न संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले बताए।

दुम्सीको दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.