|

संखुवाभा : संखुवासभा प्रहरी कार्यालयले विभिन्न स्थानबाट ठूलोमात्रामा आधुनिक हतियार र गोलीसहित पाँचजनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर उनीहरूलाई सार्वजनिक गरेको हो।

सिलिचोङ गाउँपालिका-५ वातेम्बाका केदार राई, चिचिला-२ का सुरेन्द्र राई, सिलिचोङ-४ का पूर्णकुमार राई, सिलिचोङ-४ का सूर्यबहादुर राई र भारत बिहारका मोहम्मद मुन्ना खान पक्राउ परेका हुन्। सिलिचोङका केदार राईलार्इ खाँदबारी नगरपालिका-३ बाट जेठ ३० गते पक्राउ परेपछि हातहतियारको रहस्य खुल्न आएको प्रहरीको भनाइ छ।

उनीहरूको साथबाट ७६५७ राउण्ड इन युएसए लेखिएको एक थान पेस्तोल, १४ राउण्ड गोली, दुर्इ थान म्यागजिन, थ्रीनट थ्री राईफल दुर्इ थान, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग गरिने गोलीहरू र विस्फोटक पदार्थ पनि बरामद गरिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारुमगरले बताए।

प्रहरीले उनीहरूबाट राईफलको १० थान गोली, गोलीको खोकाभित्र राखिएको विस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर दुर्इ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ। भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धकलगायतका पदार्थ पनि भेटिएको उनले बताए।

उनीहरूको साथबाट प्रहरीले राष्ट्रिय युवा जनस्वयम सेवकको सदस्यता रसिद, एकीकृत जनक्रान्तिका पर्चा र हसिया हथौडाको झन्डासमेत फेला प्रहरीको भनाइ छ। उनीहरूलाई हातहतियार खरखजनामा छ महिनादेखि एक वर्ष कैद वा ६० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको डिएसपी मगरको भनाइ थियो।

अरुण तेस्रो आयोजनाको जिम्मा पाएको भारतीय सतलज कम्पनीको कार्यालय तुम्लिङटारमा अज्ञात समूहले बम विस्फोट गराएपछि संखुवासभा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएर त्यस समूहको खोजी तीव्र परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.