चिया पसले निशानकी आमासँग मागिएको थियो ४० लाख

|

भक्तपुर : बालक अपहरण गरी हत्या गर्ने दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। काठमाडौंको काँडाघारीबाट ११ वर्षीय निशान खड्कालाई अपहरण गरेर हत्या गर्ने दुई जनालाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ पाइलटबाबा जाने जंगलमा इन्काउटरमा मारेको हो।

आइतबार निशान खड्कालाई अपहरण गरेर उनीहरूले हत्या गरेका थिए। अपहरणकारी गोपाल तामाङ र अजय तामाङलाई भाग्ने क्रममा प्रहरीले गोली हानेर मारेको हो।

निशानको हत्या गरी भाग्ने क्रममा सोमबार दिउँसो अपहरणकारी र प्रहरीबीच मुठभेड हुँदा तामाङद्वयको मृत्यु भएको अपराध महाशाखा टेकुले जानकारी दिएको छ।

आइतबार दिउँसो ४:३० बजे काँडाघारीबाट अपहरण गरी लगेको ११ वर्षीय निशान खड्काको परिवारलाई ४० लाख फिरौती माग गरेपछि नदिएको भन्दै हत्या गरेको महाशाखाका प्रवत्ता नरेन्द्रप्रसाद उप्रेतीले बताए।

निशानको शव सोमबार दिउँसो १:३० बजे नगदेशको श्याम लवटको निर्माणाधिन घरमा फेला परेको प्रवत्ता उप्रेतीले जानकरी दिए। निशानको आमा काडाँघारीमा सामान्य चिया पसल सञ्चालन गर्दै आएकी छिन् भने बुबा वैदशिक रोजगारको शिलशिलामा मलेसियामा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.