|

जाजरकोट :  जिल्लाको नलगाड नगरपालिका-१२ ठुलाबगरमा पहिरोले दुई घर पुरिएका छन्। स्थानीय भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पहिरोले पुर्णरूपमा पुरेको वडा न. १२ का वडा अध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार अन्य  ५ जना स्थानीयका घर जोखिममा परेका छन्। घरदेखि माथि भीर फुटेर आएको पहिरोले यहाँका स्थानीयहरुका घर पुर्नुका साथै जोखिममा पारेको नेकपाका जिल्ला समिति सदस्य नवराज सिंहले जानकारी दिए। 

हिरोले रुकुमको गोतामकोट र जाजरकोट ठुलोवगर जोड्ने भेरी नदीको पुलसमेत जोखिममा पारेको छ। जाजरकोट डोल्पा सडक खण्डमा पर्ने यो पुल जोखिममा परेसँगै समस्या उत्पन्न भएको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।  घटनामा भएको  सम्पूर्ण क्षति विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.