|

लमजुङ: सन्तान नभएका दम्पतिले सन्तान माग्ने र छोरा नहुनेहरूले छोरा मागे वरदान प्राप्त हुने मन्दिरको नामले चर्चित इशानेश्वर मन्दिरको पुनःनिर्माणको अपूरो छ। सन्तानेश्वर मन्दिर वरपरको खेत र फाँटमा असार महिनामा रोपिएको धान हरियाली भइसक्यो।

हरियालीसँगै मन्दिरको पुनःनिर्माणको खुशी पनि अपूरो छ। इशानेश्वर मन्दिरको पुनःनिर्माणको ठेक्का सानो सुवाल एस पि जेभी भक्तपुरका रत्न सिल्पकारले कामदार मन्दिर पुनःनिर्माणका लागि गाइजात्रा पनि मात्रै पठाउने बताए। ठेकदार सिल्पकारले बताए,‘मन्दिरमा छानो हाल्ने काम मात्रै बाँकी छ। हामी असोज महिनाभित्रै काम सक्छौं।’ गत बैशाख महिनामा सम्पन्न हुने सम्झौता भएको इशानेश्वर मन्दिरको पुनःनिर्माण कार्यले गति लिन सकेको छैन। ‘मन्दिरको पुनः निर्माण कार्यमा खटिएका मजदुरहरू पनि वर्खा लागेसँगै हराए’ स्थानीय युवराज घिमिरेले भने।

मन्दिर पुननिर्माणका लागि २०७३ माघ ३० गते सम्झौता गरिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले भने,‘मन्दिरको पुनःनिर्माण पुरातत्व विभाग र सानो सुवाल सम्पन भएको हो।’ भुकम्पबाट क्षतिग्रस्त बनेको मन्दिर निर्माणको लागि इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले  विभागलाई आग्रह गरेपछि  मन्दिर पुर्ननिर्माणको लागि विभागले चासो देखाएको समितिका अध्यक्ष रामचन्द्र घिमिरेले बताए, ‘विभागले मन्दिर निर्माणमा सहयोग गरेको हाे।नेपाल सरकार पुरातत्व विभाग आफैंले बनाउने निणर्य गर्‍यो।’ 

विभागले कुल एक करोड २० लाख ९० हजारको लागतमा  मन्दिर पुर्ननिर्माण कार्य सुरु गरेको हो। मध्यनेपाल नगरपालिका ७ स्थित इशानेश्वर मन्दिरको २०७२ वैशाख १२ गतेकोे विनाशकारी भुकम्पले मन्दिरलाई क्षति पुगेपछि मन्दिरको पुनःनिर्माण सुरु गरिएको थियो।

मन्दिर निर्माण काम गत बैशाखमा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समयमा निर्माण सम्पन्न गर्न नसकेको अध्यक्ष घिमिरेले बताए। ‘०७५ बैशाखमा निर्मांण सम्पन्न गर्नुपर्ने हो। हालसम्म पनि निर्माण सम्पन्न भएको छैन,’उनले भने,‘अव  मन्दिरमा तामाको छानो राख्ने काम बाँकी छ।’ 

अध्यक्ष घिमिरेका अनुसार मन्दिरको बाहिरी भागमा दुईतले छानो र प्रत्येक २/२ फिटको फरकमा काष्ठकलाको बुट्टा र मूर्ति कुद्नु पर्ने सम्झौतामा उल्लेख छ। गत असार महिनामा कामदार आएको तर काठ अभावले फर्किएको पनि अध्यक्ष घिमिरेले बताए। इशानेश्वर मन्दिरको पुनःनिर्माणको ठेक्का सानो सुवाल एस्पीजेभी भक्तपुरले लिएको हो। प्यागोडा शौलीमा निर्माण गरिने उक्त मन्दिरमा भक्तपुरे इट्टाको दिवार र छानो तामाको राखिने सम्झौतामा उल्लेख छ। मन्दिर निर्माणको काम सम्पन्न नहुँदा भक्तजनले मन्दिर कहिले बन्छ भनेर जिज्ञासा राख्ने गरेको समितिका अध्यक्ष घिमिरेले बताए।

इशानेश्वर मन्दिर संरक्षणका लागि २०६६ सालमा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति स्थापना भएको थियो। अहिलेसम्म पनि मन्दिर क्षेत्रको विकास निर्माणको काममा समितिले निरन्तरता दिइरहेको छ। क्षेत्र विकास समिति स्थापना भएपछि साविक जिल्ला विकास समिति र तत्कालीन गाविसको नाै  लाख आर्थिक सहयोगमा इशानेश्वर मन्दिरबाट १५० मिटर पर पर्ने गणेश मन्दिर जाने बाटो र मुल सडकवाट मन्दिर स्थलसम्म आउने बाटो निर्माण गरिएको समितिले जनाएको छ।

मध्य नेपाल नगरपालिका-७ का वडाअध्यक्ष गगन घिमिरेले इशानेश्वर मन्दिरलाई प्रदेशकै धामको रुपमा विकास गर्न तयारी थालेको र यसको विकासमा सवैको सहयोग आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.