|

ओखलढुंगा :  जिल्लाको लिखु गाउँपालिका– ६ गाम्नाङटारस्थित ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार लगायत तीन विद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ स्कुल बन्द भएको छ। अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ बन्द भएका हुन्।

पछिल्लो समय अंग्रेजी शिक्षामा अभिभावकको आकर्षण बढेर विद्यालयमा विद्यार्थी संख्या समेत बढ्न थालेका छन्। गाउँपालिकामा रहेको शैक्षिक क्षेत्रमा फड्को मार्न सफल ग्रामोदय युगकवि सिद्धिचरण मावि, जाल्पा मावि र गाउँपालिकाको केन्द्रमा रहेको यसम माविले अंग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेका हुन्।

सरकारी विद्यालयले कक्षा १-५ मा अंग्रेजी माध्यममा पढाइ सुरु गरे पछि गाउँमा स्थापित तीन बोर्डिङ स्कुल  बन्द नै भएका छन्। सरकारी विद्यालयमा अंग्रेजी माध्ययमबाट पढाइ सुरु भए पछि निम्न आर्थिकस्तर भएकाहरूका छोराछोरीलाई अंग्रेजी माध्यममै पढाउने चाहना समेत विद्यालयले पूरा गरेको छ।

अहिले सो विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाइ हुने गरेको छ। पछिल्लो समय  लिखुका तीन विद्यालयले आधारभूत तहमा अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेका छन्। सरकारी विद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरीए पछि यहाँका चार निजी विद्यालय बन्द नै भएका छन् भने बाँकी एउटा निजी स्कुलमा पनि  विद्यार्थी संख्या न्यून भएको छ।

विद्यालायमा अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि आफ्ना नानीबाबुको इच्छा पूरा भएको स्थानीय मुक्तिबहादुर सार्कीले बताए। प्राथमिक कक्षामा अंग्रेजी माध्ययमबाटपठनपाठन सुरु भए पछि आफुहरुलाई माथिल्लो कक्षामा अंग्रेजी पढाउन सजिलो भएकोे विद्यालयका प्रधानाध्यापक भुवनकुमार रोकाले बताए। नर्सरीका रूपमा लिइएको बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म सात वटा कक्षामा अंग्रेजी माध्यममै पढाउन थालेपछि बालबालिकाहरूको शैक्षिक गुणस्तरमा पनि सुधार आएको शिक्षक श्यामबाबु भट्टराइको भनाइ छ। अहिले अंग्रेजी शिक्षा हरेक क्षेत्रमा आवश्यक भए पछि प्रविधिको क्षेत्रमा पनि अंग्रेजी भाषाकै बढी प्रयोग हुने भएकाले आफैँ मिलेर विद्यालयमा अंग्रेजी माध्ययमबाट पढाइ सुरु गर्न लगाएकोमा अभिभावकहरू खुसी छन्।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमका कारण पछिल्लो समय बालबालिकाले अंग्रेजी भाषा सुधार गरेकोग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लिखु गाउँपालिका–६ का वडासदस्य जागेश्वर भट्टराईको भनाइ छ। घर नजिकै रहेको सामुदायिक विद्यालयमा अंग्रेजी पठनपाठन हुँदा आफूहरूलाई निकै खुसी लागेको र बोर्डिङ स्कुल पठाउन धेरै महँगो भएकै कारण आफूहरुले छोराछोरी सरकारी स्कुलमा पढाउन पर्ने बाध्यता भएको स्थानीय अभिभावक लक्ष्मी तोलांगे सार्कीले बताइन्।’ आफ्नै गाउँको विद्यालयमा अंग्रेजी माध्यमबाटे पठनपाठन हुन थालेपछि यसले आफू जस्ता निम्न आय भएकालाई सहज बनाएको उनको भनाइ छ।

‘हामीले अहिले कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गरेका छौँ',यसम मावि यसमका प्रधानाध्यापक घनबहादुर काफ्ले कक्षा ८ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने योजना भए पनि रकम अभावका कारण सकेका छैनौँ।’ निजी श्रोतबाट कक्षा ११ १२ मा शिक्षक राख्नु पर्दा केही असहज भए पनि केही वर्षमा  सबै कक्षामा अग्रेजी माध्ययम बाट पठनपाठन गर्ने उद्देश्यका साथ लागि परेको उनले बताए। 

शैक्षिक क्षेत्रमा लिखु क्षेत्रकै अग्रज रहेको ग्रामोदय युगकवि सिद्धिचरण माविलाई उदाहरणीय मानेर पालिकामा रहेका अन्य विद्यालयले पनि अंग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.