सल्यान : भारी वर्षापछि जिल्लाको छत्रेश्वरी गाउँपालिका- २ दहखोलामा दुई घर पहिरोले पुरेको छ। पहिराले यमबहादुर वली र लक्ष्मण केसीको घर पुरिएको वडा नं.– २ का वडा अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए।
लगातारको भारी वर्षाका कारण मंगलबारी राती दुई घर पूर्ण रूपमा परेको खड्काको भनाइ छ। पहिरोले २५ लाख रुपैयाँ बढीको क्षति पुर्याएको पीडित यामबहादुर वलीले बताए। पहिरोले अन्य आठ घर उच्च जोखिममा परेपछि ती घरका मानिस आफन्तको घरमा बस्दै आइरहेका छन्।
पहिरोले प्रेमबहादुर केसी, गणेश वली, महेन्द्र वली, टुल्के कामी, गणेश खड्का, तोकमान वली र वेतप्रकाश केसीको घर उच्च जोखिममा परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।