|

बुटवल : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै बुटवलमा प्रदर्शन भएको छ। स्थानीय विभिन्न संघसंस्थाहरूको संयोजनमा भएको प्रदर्शनमा युवायुवतीले स्वतःस्फूर्त सहभागिता जनाएका थिए।

प्रदर्शनमा साना साना बालबालिकाहरू पनि आफ्ना अभिभावकका साथ विरोधमा सहभागी थिए। उनीहरूले ‘पीडितलाई न्याय देउ, पीडकलाई सजाय देउ, बलात्कारीलाई फाँसी दे, वि वान्ट जस्टिस्, मान्छे बन, तर राक्षस नबन, सेभ गर्ल, सेभ नेशन, हाम्रो के गल्ती छ र ?, सेम द रेपिस्ट, नट द भिक्टिम, अभियुक्तका मतियारलाई कारबाही गर, रियल मेन डन्ट रेप’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए। उनीहरूले पीडितलाई न्याय दिलाउन ढिलाई गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीको कडा आलोचना गरेका थिए। 

बुटवलको ट्राफिक चोकबाट सुरू भएको प्रदर्शन बजार परिक्रमा गरी ट्राफिक चोकमै आएर कोण सभामा परिणत भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.