|
फोटो : साभार युवराज विष्ट

संखुवासभा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को बयान बुधबार जिल्ला अदालत भोजपुरमा सुरु भएको छ। प्रकाण्डलाई भोजपुरको प्रदेश ‘ख’ उम्मेदवार तथा पूर्वसञ्चारमत्री शेरधन राईलगायतको चुनाव प्रचार टोलीलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटमा सकेट बम विष्फोटमा संलग्‍न भएको प्रहरीको आरोप छ।

 विश्वकर्मालाई चुनावी अभियानको टोलीमााथि गत २८ कात्तिकमा भोजपुरको पिखुवा खोलामा गोली हानेको अभियोगमा उजुरी परेकोले भोजपुर लगिएको भोजपुर प्रहरीले जनाएको छ। विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक असई डिल्ली देवकोटा घाइते भएका थिए। विष्फोटमा राई चढेको बा१५ज ५६०८ नम्बरको जिप क्षतिग्रस्त भएकोे थियो। 
प्रकाण्डविरुद्ध जिल्ला अदालत भोजपुरमा ३ वटा मुद्धा दायर भएको जिल्ला अदालत भोजपुरले जनाएको छ। उनिविरुद्ध जिल्ला अदालत भोजपुरमा विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ। अदालतमा प्रकाण्डको बयान लिने काम भइरहेको र बयान सकिएपछि बुधबारै बहस हुने अदालतले जनाएको छ। प्रकाण्डको पक्षबाट तीनजना वकिलले बहस गर्दैछन्। नुवाकोटबाट काठमाडौं विराटनगर हुँदै प्रकाण्डलाई मंगलबार राति भोजपुर ल्याइएको हो।
‘प्रकाण्ड’ लाई बुधबार बिहान १२ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालत पुर्‍याइएको भोजपुर प्रहरीले जनाएको छ। अहिले ‘प्रकाण्ड’को बयान चलिरहेको जिल्ला अदालतका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए। उनलाई प्रहरीले विभिन्न खालका मुद्धा लगाउँदै विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राति १० बजे भोजपुर पुर्‍याएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.