|

बैतडी : प्रचारप्रसारको अभावमा बैतडीमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू ओझेलमा परेका छन्। धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि भौतिक पूर्वाधार निर्माणको अभाव र प्रचारप्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक सम्पदाहरू ओझेलमा परेका हुन्। 

सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। रावलाद्री पर्वतमा केदारको मन्दिर भएकाले रौलाकेदार भनिएको पुराणहरूमा उल्लेख गरेको पाइन्छ। १२ ज्योर्तिलिंगमध्येको केदारनाथ नै रौलाकेदार भएको भएपनि त्यहाँ सम्म पुग्ने बाटो र अरू भौतिक संरचनाको अभावमा ओझेलमा परेको रौलाकेदार बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उद्धव विष्टले बताए। रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको भए पनि बाटोघाटोको अभावले दर्शनार्थीहरू पुग्न सकेका छैनन्। उनले भने, 'रौलाकेदार मन्दिरको महत्त्व बद्रीकेदार जत्तिकै रहेको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।'

सिगासधुरापछिको अग्लो डाँडामा मन्दिर रहेको र सो मन्दिरको चारैतिर जंगल रहेको छ। साथै रौलाकेदार मन्दिर नजिकै मानाकोटमा भगवतीको मन्दिरसमेत रहेको उनले बताए।  

बैतडीमा रहेका धार्मिक स्थलहरूको दर्शनका लागि सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका छन्। तर धार्मिक स्थलहरू सम्म पुग्ने सडक मार्ग, बसोबासको उचित व्यवस्था नहुँदा उनीहरू आउन सकिरहेका छैनन्।

धार्मिक सम्पदाहरूको प्रचारप्रसार, संरक्षण र सम्वद्र्धनमा ध्यान दिन सकियो भने जिल्लाको समग्र विकास हुने जानकारहरूले बताएका छन्। प्रसिद्ध भगवतीका शक्तिपीठ र केदारका मन्दिरहरू रहेको बैतडीमा प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै गएका हुन्। 

रौलाकेदार जस्तै बैतडीमा सात बहिनी भगवतीका मन्दिर रहेका छन् भने अन्य थुप्रै धार्मिक स्थलहरू रहेका छन्। तर ऐतिहासिक तथा धार्मिक स्थलहरू प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएका छन्। त्रिपुरासुन्दरी,रणशैनी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती बैतडीमा पर्दछन्।  

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कुनै पनि पहल हुन सकेको छैन्। दोगडाकेदार गाउँपालिका पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्नको लागि भन्दै गत बर्ष १ करोड रकम खर्च गरेको   जनाएको छ। अन्य गाउँपालिका पनि धार्मिक तथा पर्यटकीय क्षेत्रको लागी बजेट छुट्याउने भए पनि ठोस रूपमा कार्यान्वयन गर्न सकेका छैनन्। 

यस्तै बैतडीमा रहेका अरू थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरू प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छन्।

एसियाकै गहिरो गुफा पातालभुवनेश्वर, ईश्वरीगंगा धाम, दोगडाधाम, सिगासधुरा, ग्वाल्लेक केदार,रौलाकेदार,शिखरकेदार, गोफाकेदार, भिटाकेदार, देउलेककेदार लगायतका केदारका मन्दिरहरू पनि रहेका छन्। 

पातालभुवनेश्वर धाम जस्ता प्रसिद्ध धाम रहेको बैतडीमा प्रचारप्रसारको अभावमा पर्यटकको संख्या न्यून आउने गरेको स्थानीय  लक्ष्मीदत्त पाण्डेयले बताए। बैतडीका स्थानीय तहहरूले धार्मिक पर्यटनको प्रवद्र्धनमा ध्यान दिन सकेमा यो क्षेत्रको आर्थिक समृद्धि हुने उनी बताउँछन्। 

धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेकोे पातालभुवनेश्वर गुफा, तलाउ र मन्दिर रहेको पाताल भुवनेश्वरको आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।  यसका साथै सोही क्षेत्रमा अवस्थितनेपालकै गहिरो पाताल भुवनेश्वर गुफा समेत सम्वन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीय भजन विष्टको भनाई रहेको छ।

करिब तीन सय वर्ष पहिला देखि पातालभुवनेश्वरमा देबी देवताको महिमा सुरु भएको स्थानीय बुढापाकाहरू बताउँछन्। हिन्दुधर्मालम्बीहरूका आराध्यदेव शिव भगवान आफ्नी आर्धाङ्नी पार्वती संगको बिछोडका बेला संसारका बिभिन्न ठाउँ घुम्दै पातालभुवनेश्वरमा  पनि पाईला टेकेका भन्ने जनविश्वास रहेको पातालभुवनेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए।  उनले भने, 'महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किम्बदन्ती छ' पातालभुवनेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन्। पातालभुवनेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास रहेको छ। धुम्दै आएका शिब थाकेपछि पातालभुवनेश्वरमा बिश्राम लिदाखेरी त्रिशुल गाडेको ठाउँमा गुफा भएका हुन्। 

यसका साथै परापुर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफै दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेट्टिएको र सोही स्थानमा महादेवको मन्दिर बनाइएको हो। 

स्थानीय मन्दिरे नामका महात्मा दुई दशक अगाडिदेखि पातालभुवनेश्वर मन्दिरमा बस्दै आएका थिए र उनकै पहलमा शिव मन्दिर निर्माण गरिएको हो। यस क्षेत्रको रेखदेख गर्दै आएका महात्माको एक दशक अगाडी मृत्यु भएपछि पातालभुवनेश्वर गुफा, तलाउ र मन्दिरको रेखदेख गर्ने कोही नभएपछि अलपत्र परेको छ। 

मन्दिर र तलाउको चारैतर्फ चारओटा गुफा भएको यस ठाउँमा शिव भगवानले लामो समय बिश्राम लिएको यो भूमि पवित्र रहेको र यहाँ दर्शन गर्न आउने भक्तजनहरूको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। 

धार्मिक महत्त्व बोकेको यस पातालभुवनेश्वरमा महादेव भगवान को मन्दिर रहेको छ। मन्दिरको छेउमा तलाऊ पनि छ। यस क्षेत्रको मुख्य हेर्नलायक पातालभुवनेश्वर गुफा हो।  प्राकृतिक सौन्दर्यले भरिपुर्ण, पातालभुवनेश्वर र चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य रहेका छन्।  हरेक पर्वहरूमा पूजाआजा गरिन पातालभुवनेश्वर मन्दिरमा महाशिवरात्री र रामनवमीमा विशाल मेला लाग्ने गर्दछ। यो क्षेत्र विवाह बन्धनमा बाँधिने गन्तव्यका रूपमासमेत चिनिने गर्दछ। 
पर्यटन भित्र्याउन सरकारी तथा गैरसरकारी संघ संस्था, व्यक्ति तथा समाजवाट सहयोग याचना गरिरेहेका छौ पत्ताल भुमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताए। यसको प्रचारप्रसार गर्न सक्यो भने विश्व सम्पदा सुचीमा पर्न सक्ने उनी दाबी गर्छन्।  पत्ताल भुमेश्वर ४ सय हेक्टरमा बन क्षेत्रमा फैलिएर रहेको छ।
यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ। जुन गुफाको अन्तिमम बिन्दुमा दूधको धारा रहेको जन विश्वास रहेको छ । यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महिमा देशभर फैलाउन सके पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने भएपनि प्रचारप्रसार हुन सकेको छैन।  

पातालभुवनेवर वरवरको वन क्षेत्रमा बेवारिसे अवस्थामा छोडिने चौपायाहरू जथाभावी तलाउमा पस्ता पानी फोहोर हुदै गएको स्थानीय तिलक विष्टको भनाई रहेको छ। 

केही समय अगाडि तत्कालीन जिल्ला विकास समिति बैतडीले पाताल भुमेश्वर गुफा भित्र ७५ मिटरसम्म बिद्युतीकरण गरेको भएपनिसंरक्षण र संबद्र्धन गर्ने कोही नभएर विद्युतीकरण गरिएको तार चोरी हुनका साथै जीर्ण बन्द गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.