|

भक्तपुर : भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने पञ्चदान पर्व शुक्रबार भक्तपुरमा धुमधामका साथ मनाइएको छ। बौद्ध धर्मावलम्बीको दोस्रो ठूलो पर्वका रूपमा मनाइने पञ्चदानमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई शुक्रबार दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारहरूमा परिक्रमा गराई मनाउने परम्परा रहेको छ।

दिपंकर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठमाडाैको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थधुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निस्किएर बिहानैदेखि नगरको परिक्रमा गरेको थियो।

स्थानीयले बिहानैदेखि पञ्चदान दिने परम्परा अनुसार शाक्य, बज्राचार्य र  भिक्षुलाई भिक्षा दान दिएका थिए। पञ्चदानलाई स्थानीय भाषामा पंजदान (पंजरां) भनिन्छ। पंजदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो। यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफूल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.