फ्रेन्च लिग वानमा पिएसजीले लगातार पाँचौ जित निकालेको छ। पिएसजीले लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा सेन्ट–इटियनमाथि ४–० को शानदार जित दर्ता गरेको हो।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरे। अघिल्लो खेलमा रातो कार्ड पाएका कारण केलियन एमबाप्पे मैदानमा थिएनन् भने पिएसजीले स्टार स्ट्राइकर नेमारलाई पनि आराम दिएको थियो। एमबाप्पे र नेइमारविनै पिएसजी सहज देखिएको हो।
यो खेललाई च्याम्पियन्स लिग फुटबलअन्तर्गत लिभरपुलसँगको खेलको तयारीका रुपमा समेत हेरिएको थियो। लिभरपुलको मैदान एनफिल्डमा मंगलबार राति पिएसजीले च्याम्पियन्स लिगमा साविकको उपविजेता लिभरपुलको सामना गर्दैछ। अर्को खेलमा निसले रेनेसलाई २–१ ले हरायो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।