|

काठमाडौं : राप्ती समाज अष्ट्रेलियाको आयोजनामा भएको 'बाबा राप्ती अन्तर्राष्ट्रिय अवार्ड २०१८" मा 'रूपै मोहनी'बाट गीतकार लोकराज अधिकारीले चलचित्र गीतकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। अधिकारीको यो गीत युट्युवमा २४ घन्टामा सबैभन्दा धेरै आठ लाख ४२ हजार पटक हेरिएको रेकर्ड राख्ने गीत पनि हो।

अस्ट्रेलियामा गत ८ सेप्टेम्बरमा सम्पन्न अवार्ड कार्यक्रममा ४०० बढी दर्शकहरूको उपस्थिति रहेको थियो। ‘तिम्ले पराई ठानेपछि’, ‘मर्छु बरु छटपटीमा सारासारा दिन’, ‘रूपौली रानी’ जस्ता दर्जन बढी हिट गीत दिएका अधिकारीले अवार्ड पाएपछि दर्शक तथा श्रोतालाई धन्यवाद दिएका छन्। गीतकार अधिकारीले रूपै मोहनी टिम  र फिल्म शत्रु गतेका समस्त परिवारलाई विशेष धन्यवाद दिएका छन्।

राप्ती समाज अस्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीका अनुसार म्युजिक अवार्डहरू विदेशमा आयोजना हुने गरे पनि विदेशमै दर्ता भएको संस्थाले म्युजिक अवार्ड गरेको यो पहिलो हो। अवार्डमा सर्वोत्कृष्ट अभिनेता पल शाह, सर्वोत्कृष्ट चलचित्र गीतकार लोकराज अधिकारी, सर्वोत्कृष्ट गायक सुगम संगीत प्रकाश रेग्मी, सर्वोत्कृष्ट गायक लोकदोहोरी कृष्ण रेउले, सर्वोत्कृष्ट गायिका सुगम संगीत सिन्धु मल्ल, सर्वोत्कृष्ट गायिका लोकदोहोरी राधिका हमाल, सर्वोत्कृष्ट संगीत संयोजक झलक संगीतम, सर्वोत्कृष्ट संगीतकार सुगम संगीत सन्तोष श्रेष्ठ, सर्वोत्कृष्ट चलचित्र संगीतकार संतोष रजौरे, सर्वोत्कृष्ट चलचित्र गायिका बिन्दु परियार, सर्वोत्कृष्ट गीतकार सुगम संगीत प्रबल विष्ट, सर्वोत्कृष्ट भिडियो निर्देशक बब्बु थापा, सर्वोत्कृष्ट मोडल विक्रम बुढाथोकी, सर्वोत्कृष्ट रेकर्डिस्ट कुमार राना रहेका छन्।

अवार्डका विजेतालाई हार्दिक बधाई दिँदै रेग्मीले अस्ट्रेलिया आउन नसकेका विजेताहरूलाई नेपालमा कार्यक्रम आयोजना गरी अवार्ड वितरण गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.