काठमाडौं : मुटु जोगाऊँ ‘सेभ द हार्ट’ले पत्रकार रुद्र कार्कीलाई सम्मान गरेको छ। पत्रकारिताको माध्यमले नेपाली जनमानसमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गरेको योगदानको कदर गर्दै सेभ द हार्टको पाँचौँ वार्षिकोत्सवको अवसरमा सोमबार रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरिएको हो।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ उपप्राध्यापक डा. अनील भट्टराईले उक्त अवसरमा पत्रकार कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।
विगत एक दशकदेखि सक्रिय रही पत्रकार कार्कीले सिंगो नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।