काठमाडौं : राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२औँ वार्षिकोत्सव तथा विशेष साधारणसभा राजधानीमा सम्पन्न भएको छ। साथै सभाले तत्कालीन कार्यसमिति भंग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिमा अध्यक्ष राजेन्द्र चित्रकार गोरखापत्र दैनिक, उपाध्यक्ष कृष्ण खड्का रातोपाटी डट कम, महासचिव प्रदीपराज वन्त रासस, सचिव नवराज श्रेष्ठ हिमालय टाइम्स नेपाली, कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ न्यूज अभियान, सह-कोषाध्यक्ष चन्द्रकला क्षेत्री नयाँ पत्रिका दैनिकबाट चयन भएका छन्। त्यसैगरी, सदस्यहरुमा नवराज वाग्ले कान्तिपुर दैनिक, तेजबहादुर बस्नेत टुडे नेपाल न्युज, शोभा महर्जन, आर्यन धिमाल डिसी नेपाल डटकम, गगन अर्याल लोकान्तर डटकम, सुशील श्रेष्ठ राजधानी दैनिक, मुकुन्द कालिकोटे रिपोर्टस क्लब डटकम, प्रदीप श्रेष्ठ अगुल्ठौ साप्ताहिक र राजेन्द्र थापा चयन भएका छन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रूपमा स्थापित गराउन एनएफपिजेले खेलेको भूमिकाको स्मरण गराए। आचार्यले नेपाल पत्रकार महासंघ एनएफपिजेसँग सहकार्य र सहयोग गरेर अगाडि बढ्न तयार रहेको बताए।
एनएफपिजेका ज्येष्ठ सदस्य राजेन्द्र चित्रकारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व-अध्यक्षहरू विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाइ सुवाल उपस्थिति रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।