|

बैतडी :  बैतडीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलवभत्ता पाउन सकेका छैनन्। प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलव पाउन नसकेका हुन्।

दशैं आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन्।  प्रदेश मातहत आएका कार्यालयहरु तलव पाउन नसकेको कर्मचारीहरुले बताएका छन्।

 गएको साउनदेखि अहिले सम्म तलव नपाएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए। दशैंको मुखमा तलव नपाउने चिन्तामा रहेका कृषि ज्ञान केन्द्र बैतडीका जेटीए महेश अवस्थीले बताए।

 यस्तै प्रदेश सरकार मातहत स्थापना भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीहरुले पनि गएको साउनदेखि तलव नपाएको सो कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले बताए।

 डिभिजन वन कार्यालयका कर्मचारीहरुले पनि साउनदेखि तलव नपाएको डिभिजन वन अधिकृत प्रभात सापकोटाको भनाई रहेको छ । यस्तै बृहत्तर जलधार केन्द्र महाकालीका कर्मचारीहरुले पनि तलव नपाएको साविकको भू-संरक्षण कार्यालय तत्कालिक प्रमुख अष्टभुजानन्द उपाध्यायले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.