कठमाडौं : रेडियो र टेलिभिजनमा कार्यरत महिलाहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एसोसिएसन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनले युगाण्डामा क्षेत्रीय सम्मेलन गरेको छ। अक्टुबर २ देखि ५ सम्म चल्ने उक्त सम्मेलनले ‘लुकिङ इनटु दि फ्युचर’ भन्ने नारा तय गरेको छ।
सम्मेलनमा १४ देशका ५० जनाको सहभागिता रहेको छ। सन् १९५० मा स्थापना भएको यो संगठनमा सुरुमा रेडियो र टेलिभिजनमा कार्यरत महिलाहरूको मात्र सहभागिता रहेकामा अब भने अनलाइन, सामाजिक मिडिया, वेब च्यानल, युट्युवलगायतलाई पनि समेटिएको छ।
नेपालले सन् २००२ मा उक्त संगठनको नेपाल शाखाको मान्यता पाएको थियो। यस संगठनले विभिन्न संचार माध्यममा कार्यरत महिलाहरूको क्षमता विकास, सशक्तीकरण, सुरक्षा र वृत्तिविकासका लागि महत्त्वपूर्ण कार्य गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।