काठमाडौं : नेपालमा भूकम्प गएको चौथो वर्षका अवसर पारेर ‘जलवायु परिवर्तन र विपद् न्यूनीकरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सम्मेलन हुने भएको छ। तुर्किमिनिस्तानको राजधानी अस्गावादमा बिहीबारदेखि शुरु भएको एसिया प्यासिफिक बोर्डकास्टिङ युनियन (एवियु) को ५५ औँ महासभाले यो सम्मेलन गर्ने निर्णय गरेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए।
युनियनको आयोजनामा आगामी वैशाख ११ र १२ गते हुने सो सम्मेलनको नेपाल टेलिभिजनले संयोजन गर्नेछ। टेलिभिजनले नै सम्मेलन गर्ने प्रस्ताव महाधिवेशनमा राखेको थियो। भोलिसम्म चल्ने महाधिवेशनमा विभिन्न समितिको बैठकले पारित गरेका प्रस्तावलाई अनुमोदन गर्दै नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
महाधिवेशनमा भाग लिनका लागि नेपालबाट अध्यक्ष विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित निजी र सामुदायिक रेडियोका ११ जनाको सहभागिता छ। युनियनमा ७५ देशका २७९ प्रसारक संस्था सदस्य छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।