काठमाडौं : नेपाल पत्रकार महासंघले संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटोले दिएको अभिव्यक्तिप्रति आपत्ती जनाएको छ। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री बास्कोटाले दिएको अभिव्यक्तिमा शुक्रबार महासंघले विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको छ।
'पत्रकार र सञ्चारकर्मीविरुद्ध आक्षेप लगाउँदै दिएको अभिव्यक्ति र सरकारी सूचना, सन्देश र विज्ञापन सरकारी सञ्चारमाध्यमहरुलाई प्राथमिकतामा राखेर दिनु भनी सरकारी निकायहरु तथा संवैधानिक निकायहरुमा पत्राचार गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ' महासंघ महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा लेखिएको छ। महासंघले बिहीबारको बैठका पत्रकारमाथि अभद्र व्यवहार गरेको भन्दै आपत्तिजनक रहेको बताएको छ।
मन्त्री बाँस्कोटाले पत्रकारहरुलाई ‘दशैँ आएको छ, खर्च पुगेन भने लिन आउनु’ भन्ने अिभव्यक्ति दिएका थिए। यो अभिव्यक्तिले आमपत्रकारहरुको अपमान भएको महासंघले जनाएको छ।
सरकारी सूचना सरकारी सञ्चारमाध्यमलाई प्राथमिकतामा राखेर दिनु भन्ने पत्राचारले नियन्त्रित सूचनाको प्रवाह हुने खतरा रहने र त्यसले प्रेस स्वतन्त्रतालाई नै कुण्ठित बनाउने महासंघले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।